नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा चितवनमा दुई जना पक्राउ

0
२७ माघ, चितवन । नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चौबीसकोठीस्थित देव अस्पतालमा कार्यरत भरतपुर–१३ का स्वास्थ्य सहायक (हेल्थ एसिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपाने रहेका छन् ।

अस्पतालमा उपचारका लागि आएका बिरामीको नमूना संकलन गरी नक्कली रिपोर्ट बनाएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनीहरूलाई यही माघ २५ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

पक्राउ परेकाहरुलाई लिखत् सम्बन्धी कसुरमा जिल्ला अदालतमार्फत म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।onlinekhabar

You might also like