बर्दघाट नगरपालिकाको प्रकोप कोषमा नगद तथा जिन्सी सहयोग गर्ने क्रम बढदो

0

बर्दघाट २३ चैत्र – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा आईतवार सम्म १७ लाख १४ हजार ५ सय ८७ रुपैया संकलन भएको छ । त्यस्तै नगरले एकद्धार प्रणालीलाई प्राथमिकता दिएपछि जिन्सी संकलनले समेत तीब्रता पाएको हो । त्यस्तै ३ लाख २० हजार बराबरको जिन्सी समेत गरी २० लाख ३४ हजार ५ सय ८७ रुपैया संकलन भएकाृ छ । त्यस्तै एक लाख बराबरको चामल नेपाली काग्रेस पश्चिम नवलपरासीले दिएको छ । त्यस्तै युवा ब्यवसायीको टोलीले १ लाख २० दिएका छन् भने एन आई सी एशिया बैकले १ लाखको जिन्सी दिएको थियो । नगर प्रमुख धीरज शर्मा बस्यालले संघसंस्था तथा ब्यक्तिगत सहयोग गर्न चाहनेहरुलाई सहयोग गर्न अपिल गर्नुभएको छ । नगरले बिपन्न परिवारलाई १० किलो चामल,दुई किलो दाल,१ किलो नुन, एक पोका तेल र एउटा साबुनका दरले राहत वितरण गर्दै आएको छ । त्यस्तै पहिलो चरणको राहत अन्मिम चरणमा पुगेको छ ।

You might also like