उमालेको चियापत्ती नफ्याँक्नुस्,सदुपयोग गर्नुस्

0

नेपालमा धेरै मानिस चिया पिउँछन् । चिया बनाएपछि प्रायः मानिसले चियापत्ती फ्याँकिदिन्छन् किनकि त्यसको कुनै उपयोग हुँदैन भन्ठान्छन् । तर उम्लेको चियापत्तीको पुनः उपयोग गर्न सकिन्छ ।
चियापत्तीमा भएको एन्टीअक्सिडेन्टले छाला निखार्छ अनि यसको अन्य उपयोग पनि छ ।

घाउमा लगाउनुस् 
चियापत्तीमा घाउ सुकाउने तत्त्वहरू हुन्छन् । चियापत्तीलाई उमालेर त्यसको लेप लगाउनुस् । चियापत्ती उमालेको पानीले घाउ धुनुभयो भने राम्रो हुन्छ ।

काबुली चनामा हाल्नुस्

काबुली चनालाई उमालिरहनुभएको छ त्यसमा अलिकति उम्लेको चियापत्ती हाल्नुस् । त्यसले चनाको रंग गाढा बनाउँछ ।

शीशा चम्काउन
चियापत्ती उमालेर त्यो पानीलाई चिसो बनाउनुस् अनि छान्नुस् । त्यो पानीलाई स्प्रेको बोतलमा हालेर शीशा सफा गर्नुभयो भने चम्किन्छ ।

फर्निचर सफा 
फर्निचरलाई सफा गर्नका लागि चियापत्तीको प्रयोग गर्न सक्नुहुन्छ । उमालेको चियापत्तीलाई राम्ररी धोएर छान्नुस् । पानीलाई स्प्रे बोतलमा भरेर फर्निचरको सफाइ गर्नुस् । फर्निचर चम्किनेछ ।

बिरुवाको खाद
उमालेको चियापत्ती बिरुवाको खादका रूपमा पनि प्रयोग गर्न सकिन्छ । बिरुवालाई पानीका साथसाथै समय समयमा खाद पनि आवश्यक हुन्छ । बाँकी रहेको चियापत्ती गमलामा हाल्नुस् । यसले गर्दा बिरुवा स्वस्थ रहन्छन् र छिट्टै बढ्छन् ।

लोकान्तर

You might also like