चर्काे शुल्क बृद्धि एंव एमसीसी बिरुद्ध अखिल क्रान्तिकारी दाङको बिरोध प्रर्दशन

तोकिएको रकम भन्दा बढी लिएको फिर्ता गर्न बिद्यालयलाई आग्रह

0

दाङ – मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल (क्रान्तिकारी) दाङको आयोजनामा बिजौरीमा चर्काे शैक्षिक शुल्क खारेजी एंव एमसीसी बिरुद्ध कार्यक्रम गरिएको छ । बिरोध सभामा बोल्दै अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश सदस्य तथा दाङ जिल्ला अध्यक्ष मनोज थापाले बाहिरी रुपमा राष्ट्रिय स्वाधीनता र आन्तरिकरुपमा बिद्यार्थीलाई चर्काे शैक्षिक शुल्क लादिएको बताउनुभयो । उहाँले राष्ट्रियता बन्धकी राखेर भाबि पुस्तालाई साम्राज्यवादी अमेरिकाको दास बनाउन लागेको उल्लेख गर्नुभयो ।
सो क्रममा उहाँले जनता सँस्कृत मा.बि बिजौरी दाङमा सिटीइभिटी द्वारा अनुमति प्राप्त तीन बर्षे कृषि बालीबिज्ञान को शुल्कमा १५ प्रतिशत छुट सिटीइभिटीले दिएको तर बिद्यालयले उक्त छुट नदिएको बताउदै संर्घषको बिकल्प नभएको बताउनुभयो ।
उहाँले अधिकतम शुल्क एक लाख नब्बे हजार तोकिएकोमा बिद्यालयले दुई लाख पच्चीस हजार उठाएको हुदा तत्काल तोकिएको रकम भन्दा बढी लिएको रकम फिर्ता गर्न बिद्यालयलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा बिद्यार्थी नेता कमल वलीले सम्बोधन गर्नुभएको थियो । त्यस्तै कार्यक्रम सञ्चालन जनक अधिकारीले गर्नुभएको थियो ।

 

You might also like