प्रतापपुर गाउपालिकाले जगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्र्रलाई १५ शय्याको अस्पतालका बनाउने

0

 प्रतापपुर १० मंसिर – प्रतापपुर गाउपालिकाले जगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शय्याको अस्पताल बनाउने भएको छ । संघीय सरकारले प्रत्येक पालिकामा अस्पताल बनाउने नीति लिएपछि पालिकाले प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी १५ शय्या बनाउने तयारी गरेको हो । अस्पतालको सन्र्दभमा आन्तरिक तयारी र छलफल जारी रहेको कार्यबहाक अध्यक्ष अन्जु कुमारी चौधरीले जानकारी दिनुभयो । अस्पतालको मंसिर १५ गते कार्यबहाक अध्यक्ष अन्जु कुमारी चौधरीबाट शिलान्यास हुने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत भेषराज खनालले बताउनुभयो । उहाँका अनुसार अस्पतालका लागि ३ करोड ७८ लाख रुपैया प्राप्त भएको छ । बहुबर्षे कार्यक्रम अनुसार सरकारले १८ करोड ६ लाख ८२ हजार रुपैया लागतकोअ स्पताल बनाउने योजना अनुसार २० प्रतिशत रकम निकाशा भएको उहाँले बताउनुभयो । जगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्रमा हाल २४ घण्टे बर्थिङ सेवा , बहिंरंग सेवा ल्याब तथा प्याथोलोजी र युएसजी सेवा संचालनमा रहेको सिनियर अहेव अधिकृत ईन्द्र प्रसाद लामिछानेले बताउनुभयो ।

You might also like