बर्दघाट ७ को तयारी : चैत्र भित्रै महिला हिंसा मुक्त वडा घोषणा गर्ने,

0

सागर सुनार
बर्दघाट : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ७ ले २०७५ साल भित्रै वडालाई हिंसा मुक्त बनाउने भएको छ । हिंसा मुक्त वडा बनाउने अभियान अन्र्तगत ईक्वयल एक्सेस ईन्टरनेश्नलद्धारा संचालित परियोजनाले शनिवार परिवर्तन घरदेखी समुदायसम्म कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ । सोही कार्यक्रममा बर्दघाट वडा नं ७ लाई २०७५ साल भित्र महिला हिंसा मुक्त वडा घोषणा गर्ने योजनामा रहेको बताइएको थियो । उक्त परियोजनाले बर्दघाट ७ को जिमिरेभारमा सम्पन्न गरेको पत्रकारहरुसंगको छलफल कार्यक्रममा आफुहरुले अहिले सम्म गरेका कामहरु र त्यसको परिणमका वारेमा जानकारी दिने क्रममा सो समुहले उक्त कुरा बताएको थियो । परियोजना विगत १ बर्षदेखी सो वडामा सञ्चालन गरिरहेको र परिवारका श्रीमान र श्रीमतीबीच पारिवारिक एकता र प्रत्येक घरधुरीमा हिंसामुक्त समाज निर्माणका लागी काम गरिरहेको परियोजनाकी सञ्चार तथा पैरवी अधिकृत नवोदिता सुवेदीले जानकारी गराउनुभयो । सो अवसरमा समुहकी फिल्ड सुपरभाईजर ईन्द्रावती चौधरीका अनुसार ७ नं. वडामा रहेका ४ सय ५० सबै घरधुरीहरुमा गरिएको सर्वेक्षणमा अति हिंसा हुने गरेका १० घर परिवारका १० श्रीमान श्रीमतीहरुको जोडीलाई आफुहरुले प्रत्यक्ष रुपमा उत्प्रेरित गरिएको छ । त्यसैगरी वडाका अन्य ब्यक्तिहरुलाई हिंसा नगर्ने प्रतिवद्धता सहित हिंसा मुक्त घर रहेको संकेत गर्न २ सय ५१ घरधुरीमा सांकेतिक झन्डा राख्ने बताउदै यस वडालाई चैत्र मसान्त भित्र सबै घरधुरीमा हिंसामुक्त घर घोषणा गरि हिसांमुक्त वडा घोषणा गरिने समेत उहाँले बताउनुभएको थियो । परिवर्तन घर देखि समुदायसम्म नाम दिईएको उक्त परियोजनाले शनिवार आयोजना गरेको पत्रकार छलफल कार्यक्रममा बर्दघाट क्षेत्रका पत्रकारहरुसंगै वडाध्यक्ष ध्रुब थारु, परियोजनाका परिचालकहरु, अनुसन्धानकर्ता लगायतको सहभागिता रहेको थियो । सो वडाको केन्द्र जिमिरेभार बजार रहेको छ ।

You might also like