सहकारी संस्था उत्पादनसंग जोडिनुपर्छ–नगर प्रमुख बस्याल

0

बर्दघाट २४ मंसिर : बर्दघाट– ४ बाढीपिडितमा मुख्य कार्यालय रहेको सुर्यगंगा साकोसको १६ औँ बार्षिक साधारण सभा एबम छैठौ नेतृत्व चयन कार्यक्रम शुक्रबार भएको छ ।
कार्यक्रम उद्घाटन सत्रमा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले सहकारी संस्था उत्पादनसंग जोडिनुपर्ने बताउनुभयो । उहाँले कृषकको उत्पादन लागत घटाउन सहकारीले भुमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता रविन्द्र विक्रम हमाल, दाउन्नेदेबि महिला बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष देबि पौडेल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा अध्यक्षको प्रतिबेदन संस्थाका अध्यक्ष जनक बहादुर रावल, बार्षिक प्रगति नीति तथा कार्यक्रमको प्रतिवेदन सचिव अर्जुन पौडेलले प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा संस्थाको कुल ३ करोड ७२ लाख ७२ हजार ३ सय ७९ बराबरको आर्थिक आय ब्यय विवरण कोषाध्यक्ष कमला लम्सालले प्रस्तुत गर्नुभएको थियो । संस्थाको लेखा प्रतिबेदन लेखा संयोजक मोहन सापकोटाले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष सृजना आचार्यको स्वागत मन्तब्य रहेको थियो । यो समाचार तयार पार्दा सम्म संस्थाको नयाँ नेतृत्व चयनको प्रयास गरिएको थियो ।

You might also like