मधुवन कृषि बहुउद्देश्यीय सहकारीमा ‘सार्वजनिक सुनुवाई’

0

रवि पाण्डेय
नवलपरासी १३ कार्तिक –  मधुवन कृषि बहुउद्धेश्शीय सहकारी संस्थाले बर्दघाट–९ भानुनगरले शनिवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाको पहिलो लक्ष्यको सरोकारावालाबीच सार्वजनिक सुुनुवाई गरेको हो । कार्यक्रममा प्रमुख अतिथि बर्दघाट नगरपालिका प्रमुख धीरज शर्मा बस्यालले दुध उत्पादनमा नगरले राष्ट्रकै नेतृत्व गरेको दावी गर्नुभयो । उहाँले नगरले किसानमैत्री कार्यक्रम गर्दै आएको जिकिर गर्नुभयो ।
यस प्रोजेक्टको कुल लागत १ करोड ८ लाख २७ हजार ९६० रुपैया रहेको कार्यक्रम रहेको छ । जसमा ३० प्रतिशत बैकबाट ऋण लगानी २० प्रतिशत संस्था र ५० प्रतिशत प्रोजेक्टको लगानी रहने परियोजनाका पशु सेवा सामाजिक परिचालक प्रेम ओलीले जानकारी दिनुभयो । कार्यक्रम तीनचरणमा संचालित छ ।
कार्यक्रममा बर्दघाट नगरपालि पशुपन्छी विकास शाखा प्रमुख भरत लम्साल, सहकारी अभियन्ता देवी पौडेल संस्थाका ब्यवस्थापक तिल प्रसाद रिजाल, सचिव प्रकाश घिमिरेलगायतले धारणा राख्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्षका छवि प्रसाद पौडेलको अध्यक्षता उपाध्यक्ष ईन्द्र ढकालको संचालनमा भएको थियो । बर्दघाट नगरभित्र ३ वटा सहकारीले यो परियोजना संचालन गर्दै आएका छन् ।

You might also like