सरावल गाउपालिकाद्धारा बजेट तयारी तीब्र

0

नवलपरासी ३० जेठ – पश्चिम नवलपरासीको सरावल गाउपालिकाले आर्थिक बर्ष २०७७/०७८ को बजेटको तयारी तीब्र बनाएको छ ।
बजेट तयारी स्वरुप वडा वडामा गाउपालिकावासीहरुसंग छलफल तथा योजना प्राथमिकताका कार्यक्रम सम्पन्न गरिएको गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताउनुभयो ।


उहाँका अनुसार वडास्तरबाट प्राथमिकताका आधारमा आएका योजनाहरुबारे बिभिन्न समितिहरुमा छलफल समेत भइरहेको छ ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलका अनुसार राजस्व परामर्श समितिको बैठकदेखि बिभिन्न समितिहरुमा योजनाबारे छलफल तीब्र बनाइएको छ । बजेटको आन्तरिक तयारी तीब्र भएको छ– पौडेलले स्थानीयपत्रसंग भन्नुभयो–अब पालिकावासीसंग सुझाव लिने क्रममा छौ ।

You might also like