समाचार हटाउन संचारमाध्यमलाई दबाब दिएको प्रति खेद ब्यक्त

'प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको ठाडो उल्लघन '

0

बुटवल ५ कार्तिक – बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नम्बर १ स्थित नेउलापुर स्वास्थ्य चौकीका प्रमुख दिपक बहादुर थापाले स्थानीय संचारमाध्यमलाई प्रकाशित समाचार हटाउन दबाब दिएको घटना प्रति खेद ब्यक्त गरिएको छ ।
कार्यालय समयमा कर्मचारीहरु नआएको र सेवाग्राहीले समयमै सेवा प्राप्त गर्न नसकेको जनगुनासो सहितको भिडियो र समाचार जनपथखबरमा प्रकाशित भएको थियो ।
घटनालाई ढाकछोप गर्न थापाले बिज्ञप्ति निकालेर समाचार हटाउन दबाब दिएका थिए । सो दबाबको क्रान्तिकारी पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले खेद ब्यक्त गरेको छ । समितिका संयोजक रवि पाण्डेयले प्रकाशित समाचार हटाउन दबाब दिनु प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको ठाडो उल्लँघन भएको जनाउनुभयो । उहाँले जारी गरेको प्रेस बक्तब्यमा प्रेस स्वतन्त्रता बिरुद्ध हुने कुनै हर्कत क्रान्तिकारी पत्रकार महासंघलाई मान्य नहुने उल्लेख गरिएको छ ।
जनपथ खबरका पत्रकार आयुष न्यौपानेले प्रकाशित समाचार हटाउन थापाले बिज्ञप्ति जारी गरेको बताउनुभएको थियो ।
ल्याब टेक्निसियन (स्वास्थ्यकर्मी) बलबहादुर खत्रीले सेवाग्राहीले उपचार गरि दिन अनुरोध गर्दा अटेरी गरेको भिडियो जनपथखबरबाट प्रशारण भएको थियो । खत्रीले आफुलाई राज्यको कुनै पनि संयन्त्रले केही सजाय दिन नसक्ने दावी गर्दै “बिरामीको उपचार गर्दैनौं,जसलाई भन्न छ भन ।” भनेका थिए ।

You might also like