राजु प्रसाद हरिजनको नेतृत्वमा दलित संर्घष समिति गठन

0

नवलपरासी २७ जेठ –  संयुक्त दलित अधिकार मञ्च पश्चिम नवलपरासीको जिल्ला भेलाले दलित अगुवा राजु प्रसाद हरिजनको ३२ सदस्सीय जिल्ला स्तरीय दलित संर्घष समिति सर्व सम्मत गठन गरेको छ ।

समितिमा पश्चिम नवलपरासीका ४ वटा गाउपालिकाबाट ३, ३ जना तीन वटा नगरपालिकाबाट ५, ५ जना र खुल्लाबाट ५ जना गरि ३२ जना रहेको आयोजकले जनाएको छ । सो अवसरमा बोल्दै नव गठित कमिटिका अध्यक्ष तथा प्रमुख अतिथि राजु हरिजनले दलितको बलियो संगठन नहुदा दलितहरु चारै तिर बाट अपहेलित हुने गरेको बताउनुभयो ।

मञ्चका जिल्ला अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षता तथा समाजसेवी राजु प्रसाद हरिजनको प्रमुख आतिथ्यतमा कार्यक्रम भएको थियो ।

You might also like