झापामा आमा र बाबुसहित ८ महिने छोरा झुण्डिएको अवस्थामा मृत फेला
काठमाडौं । झापामा आठमहिने छोरीसहित दम्पत्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । कन्काई नगरपालिका-१ भएको घटनामा मृत्यु हुनेमा ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना छन् । उनीहरु आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
झापाका एसपी सानुराम भट्टराईका अनुसार मृतकका आफन्तका अनुसार उनीहरु कोरोना संक्रमित थिए । घटनास्थलमा प्रहरीको टोली पुगेको र सेनाको टोलीलाई पनि बोलाइएको प्रहरीले जनाएको छ । मुचुल्का उठाएर ढोका फोडेर भित्र पस्ने र घटना प्रकृति हेरेर थप अनुसन्धान गर्ने एसपी भट्टराईले बताए ।….Lumbini Times