पाल्हीनन्दनको आर्थिक बर्ष – बैशाखमै सकियो ६० प्रतिशत बढी योजना

0


बेलाशपुर – पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले आर्थिक बर्ष २०७५÷०७६ का ६ सय योजनामध्ये ६० प्रतिशत बढि योजना बैशाख महिनामै सम्पन्न गरेको छ । जसमध्ये ३० प्रतिशत सञ्चालनमा रहेको र त्यसमध्ये पनि अधिकांश अन्तिम चरणमा छन् ।

प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलका अनुसार सबैजसो योजना स्थानीय उपभोक्ताबाट सञ्चालित छन । सञ्चालन भएका योजनामा अधिकांश सडक, र संरचना निर्माणका छन । सम्पन्न भएका योजना र चालु भएका योजनाको गुणस्तरलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिएको गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताउनुभयो । गाउँपालिकाले कृषिलाई प्रमुख प्राथमिकतामा राखेर काम गरेको गुप्ताको भनाई छ । जसअन्तरगत अनुदानका विभिन्न जातका बिउ, बिजन वितरण गर्नुका साथै मौसमअनुसार कृषकलाई तालिम प्रदान गरिँदै आइएको छ । गुप्ताकाअनुसार गाउँपालिकाको ४५ लाख र प्रदेश सरकारको १५ लाख लागतमा कृषकलाई पम्पसेट खरिद गरेर वितरण गर्ने प्रकृया अघि बढेको छ । गाउँपालिकाले देशकै पहिलो भवनका रुपमा चार तले लिफ्टसहितको कार्यालय निर्माणको तयारी अन्तिम चरणमा पुगेको गुप्ताले बताउनुभयो । त्यसैगरी चालु आ.व.को १० महिनको अवधिमा खर्च प्रगति ७८.२८ प्रतिशत रहेको र हालसम्म ३० करोड ९६ लाख ११ हजार आम्दानी भएकोमा २४ करोड २३ लाख ७३ हजार खर्च भएको गाउपालिकाले जनाएको छ ।

You might also like