दार्चुला घटना र एमसीसीको बिरोधमा बर्दघाटमा बिरोध कार्यक्रम हुने

क्रान्तिकारी माओवादी नेता र नागरिक अगुवाले सम्बोधन गर्ने

0

नवलपरासी १८ साउन : दार्चुला घटना र एमसीसीको बिरोधमा पश्चिम नवलपरासीको बर्दघाटमा साउन १९ गते बिरोध  कार्यक्रम हुने भएको छ । दार्चुलामा भारतीय एसएसबीले तुइन काटेर जयसिंह धामीको हत्या गरेको र अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को बिरोधमा नेकपा (क्रान्तिकारी माओवादी ) पश्चिम नवलपरासीले बिरोध कार्यक्रम तयारी गरेको हो ।


बर्दघाटको मुख्यबजार पुरानो चौकीमा ठिक ११:३० बजे हुने कार्यक्रममा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश ईञ्चार्ज प्रेम सुवेदी, पोलिटब्युरो सदस्य तथा प्रदेस सचिव भुपेन्द्र न्यौपाने , पोलिटब्युरो सदस्य अशोक लम्साल र राष्ट्रिय स्वाधीनताका लागि नागरिक अभियानको तर्फबाट पदम कार्कीले सम्बोधन गर्ने कार्यक्रम रहेको क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी छविलाल खरेलले बताउनुभयो । भारतीय ज्यादती र एमसीसी खारेजीका लागि हाम्रो आन्दोलन जारी छ – उहाँले भन्नुभयो –त्यसैका लागि कार्यक्रम आयोजना गरेका हौ । बैदेशिक हस्तक्षेपको बिरुद्ध देशभक्तहरु एक हुने समय आएको उहाँको भनाई छ ।
त्यस्तै क्रान्तिकारी माओवादीले राष्ट्रिय स्वाधीनतको पक्षमा  हुने  कार्यक्रममा सहभागी हुन सबैलाई अपिल गरेको छ ।

 

 

 

You might also like