प्लाज्माथेरापीका लागि बर्दघाटमा रक्तदान (फोटो फिचर )

सह्रानीय कार्य : नगर प्रमुख बस्याल

0

नवलपरासी २३ भदौ- लायन्स कल्ब अफ दाउन्ने नवलपरासी , नेपाल नियमित रक्तदाता संघ लियो कल्ब अफ नवलपरासी दाउन्नेको संयुक्त आयोजनामा मंगलवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रम बर्दघाट नगरपालिकाको सहकार्यमा भएको हो ।


कार्यक्रममा प्रमुख अतिथि बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले कोभिड बिरुद्धको संर्घषमा प्लाज्माथेरापीका लागि रक्तदान गरेर संक्रमित भएर निको भएका नगरवासीहरुले निकै सह्रानीय कार्य गरेको बताउनुभयो । उहाँले यो कार्यमा लाग्ने सबै धन्यवादका पात्र रहेको बताउनुभयो । कार्यक्रममा डा.प्रशान्त आचार्यले संक्रमित भएर निको भएकाहरुको रगतबाट प्लाज्माथेरापी गरी कोरोना बिरुद्ध एन्टबिडी तयार हुने भएको हुदाँ यो निकै महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर मणि पाठक, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकाल, बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली लायन्सका जोन चियरपर्सन युवराज डुम्रेलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा ६ जना कोरोना संक्रमित भएर निको भएकाहरुले रक्तदान गरेको लायन्स कल्ब अफ दाउन्ने नवलपरासीका सचिव भिम प्रसाद सुवेदी ( मनोज) जानकारी दिनुभयो । रक्तदानको कार्यक्रमलाई निरन्तरता दिने समेत उहाँले बताउनुभयो । कार्यक्रम लायन्स कल्ब अफ दाउन्ने नवलपरासी अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको थियो ।

तस्विर सौजन्य : युवराज डुम्रे

You might also like