सरकार पत्रकार प्रति अनुदार : रावत

0

आयुष न्यौपाने / बिमल आचार्य
दाङ /क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष ईन्द्र रावतले सरकार पत्रकारप्रति अनुदार भएको बताउनुभएको छ । शुक्रवार दाङको भालुवाङमा आयोजित क्रान्तिकारी पत्रकार महासंघ प्रदेश संगठन समितिको प्रथम भेलालाई सम्बोधन गर्दै उहाँले सरकारले संचारलाई अकुंश लगाउने ऐन कानुन ल्याएर पत्रकार र संचारक्षेत्रलाई अकुंश लगाएको बताउनुभयो ।

साना मिडियालाई झन गाह्रो निति ल्याएको छ – उहाँले सो अवसरका भन्नुभयो –सरकार संचार जगत प्रति नै अनुदार भयो । फरक प्रसंगमा अध्यक्ष रावतले पत्रकार महासंघ सरकारको वकालत गर्दै आएको भन्दै अबको आन्दोलनको नेतृत्व जनपक्षीय पत्रकारले गर्नुपर्ने औल्याउनुभयो । उद्घाटन कार्यक्रममा बरिष्ठ पत्रकार हिरामणी दुखीले जनयुद्धका समयमा जस्तै अहिले पनि सत्ताले बन्देज लगाउन खोज्नु दुखद रहेको बताउनुभयो । उहाँले नेपाल पत्रकार महासंघ सत्ताधारीको भातृ संगठन जस्तै बन्नु दुखद रहेको बताउनुभयो । कार्यक्रममा नवलपरासीका अग्रज पत्रकार प्रेम रिमाललाई सम्मान गरिएको थियो । कार्यक्रम प्रदेश संयोजक दामोदर खनालको अध्यक्षता रवि पाण्डेको संचालनमा भएको कार्यक्रममा महासंघका केन्द्रीय सचिव रामकुमार श्रेष्ठले शुभकामना राख्नुभएको थियो । भेलाले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ । भेलामा प्रदेशमा १२ जिल्लाका प्रतिनिधि सहभागी छन ।

You might also like