बुटवलको कालिकापथमा मुख्य ट्रान्समिसन लाइनको तार खस्दा सडक अवरुद्ध, ठूलो जोखिम टर्यो
बुटवल- बुटवलको ११ कालिकापथमा १ सय ३२ केभिको ट्रान्समिसन लाइनको तार खसेपछि सडक अवरुद्ध भएको छ। होराइजन चोक नजिक हाइटेन्सनको तार खसेको हो। सडक विस्तारको क्रममा रुख काट्दा तार लच्केर सडकमा आएकाे हाे। अहिले सो ठाउँमा आवागमन रोकेर मर्मतको काम भइरहेको नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले बताए । तार चुटेपछि केही ठाउँको विद्युत आपुर्ति पनि अवरुद्ध भएको छ।
सम्भावित जोखिम टर्यो
त्यसरी तार खस्दा ठूलाे जोखिमको सम्भावना पनि हुन्थ्यो। १ सय ३२ केभिको तार खस्दा करेन्ट लागेर तुरुन्तै मानिसकाे मृत्यु वा आगलागीको जोखिम पनि हुन सक्थ्यो । तर जोखिम टेरको छ। साे स्थानमा सवारी साधनलाइृ तारले छाेएकाे छ । तर क्षति हुनबाट जाेगिएकाे छ। ‘सवारी साधनलाई त केही हुँदैन, मानिस वा कुनै जिवजन्तु प¥यो भने तुरुन्तै मृत्यु हुन सक्छ।’ उनले भने ‘यसरी तार खस्दा आगलागीको सम्भावना पनि हुन्छ। सडकको बीचबाट त्यसरी तार लैजान नहुने हो । खै किन यस्तो भयो’।
लुम्बिनी टाइम्स