प्रेसलाई अंकुश गर्ने गरी सरकारले कानुन निर्माणको गर्दै आएको प्रति महासंघ गम्भिर – आचार्य

0

नवलपरासी – नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रेसलाई अंकुश गर्ने गरी सरकारले कानुन निर्माणको गर्दै आएको प्रति महासंघ गम्भिर भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको संयोजनमा मंगलवार परासीमा आयोजित ‘पत्रकारहरुको सुरक्षा र प्रेस स्वतन्त्रता’ विषयक अन्तरक्रियामा अध्यक्ष आचार्यले प्रेस स्वतन्त्रतालाई अंकुश ल्याउने गरी ल्याउन लागिएका कुनै पनि कानुन पत्रकारितालाई स्वीकार्य नहुने भन्दै प्रेसमैत्री कानुन निर्माण गर्न सरकारसंग आग्रह गर्नुभयो । ‘ संघ प्रदेश र स्थानीय गरी तीनैवटा सरकारले कानुन बनाउदैछन कानुनहरु प्रेस मैत्री आउन सकेका छैनन त्यसले महासंघलाई गम्भिर बनाएको छ । ’ साना संचार माध्यमले जनपक्षीय पत्रकारितामा खेलेको भुमिकाको उहाँले चर्चा गर्नुभएको थियो । कार्यक्रममा पछिल्लो समय पत्रकारिता क्षेत्रमा भौतिकसंगै पेशागत चुनौती बढेको समेत पत्रकारहरुले गुनासो गरेका थिए ।
त्यस्तै अन्तरक्रियामा वरिष्ठ उपाध्यक्ष विपुल पोखरलेलले स्वतन्त्रताका नाममा नेपाली प्रेसले नागरिक अधिकार हनन् कहिल्यै पनि नगरेको बताउदै पत्रकारहरु नागरिक अधिकारकै पक्षमा निरन्तर रहेको बताउनुभयो । उहाँले स्थानीय तहमा पनि कानुन निर्माण गर्ने क्रममा ‘प्रेसमैत्री कानुन’ बनाउन सुझाव दिन जिल्लाका पत्रकारहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा पत्रकारहरुले अहिले पनि जिल्लामा सञ्चालित सञ्चारमाध्यमहरुले सरकारी विज्ञापन सहज रुपमा पाउन नसकेको र न्युनतम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता रहेको बताएका थिए । कार्यक्रम शाखा अध्यक्ष हरि शर्माको अध्यक्षता सचिव राजु रेश्मीको संचालन उपाध्यक्ष नारायण सुवेदीको स्वागतमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु बसन्त गिरी र पुरुषोतम सुवेदीले समेत बोल्नुभएको थियो ।

You might also like