बर्दघाट नगरपालिका द्वारा प्राज्ञ प्रतिष्ठान गठनको तयारी

0

 बर्दघाट २६ कार्तिक –

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले भाषा कला साहित्य र संस्कृतिको संरक्षण गर्नका लागि बर्दघाट प्रज्ञा प्रतिष्ठान गठनको तयारी गरेको छ । प्रतिष्ठान गठनका लागि नगरकार्यपालिकाबाट बर्दघाट प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको ऐन –२०७६ पारित गरेको जनाएको छ । ऐनको प्रस्तावनामा ‘ बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक मुलुक नेपाल स्थानीय रूपमा भाषा कला साहित्य र संस्कृतिका संरक्षण र संवद्र्धन तथा तिनको सर्वाङ्गीण विकास गर्न र भाषा, कला साहित्य र संस्कृति सम्बन्धमा अध्ययन तथा अनुसन्धान गर्न गराउन तथा यस क्षेत्रमा समर्पित प्रतिष्ठित प्रतिभाहरूको सम्मान र कदर गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नको लागि बर्दघाट प्रज्ञा प्रतिष्ठानको स्थापना र सञ्चालन गर्ने’उल्लेख गरिएको छ । प्रतिष्ठान गठनका लागि नगरभित्रका प्राज्ञिक ब्यक्तित्वहरुको तथ्यांक संकलनको कार्य थालिएको नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो । प्रतिष्ठान गठनले भाषा कला साहित्य र संस्कृतिको संरक्षण सम्र्बद्धन हुने नगर प्रमुख बस्यालको विश्वास छ । प्रतिष्ठानका लागि कार्यालय ब्यवस्थापन देखिका कार्यहरु शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले जनाउनुभयो । प्रतिष्ठान गठनले आफूहरुलाई खुसी बनाएको बर्दघाट साहित्य समाजका अध्यक्ष दिनानाथ पौडेलले जानकारी दिनुभयो ।

You might also like