चार पार्टीबीच रणनैतिक संयुक्त मोर्चा घोषणा

0

काठमाडौँ — चारवटा क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच रणनैतिक संयुक्त मोर्चा घोषणा गरिएको छ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रतिनिधि सभाको विघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताउनुभयो ।


बिहीबार चार कम्युनिस्ट पार्टीहरुको रणनैतिक संयुक्त मोर्चा घोषणा कार्यक्रममा बोल्दै महासचिव वैद्यले प्रतिनिधिसभाको विघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताउनुभयो

सरकारले समाजवाद र समृद्धिको कुरा गरिरहेको भए पनि साम्राज्यवादी नवउदारवादको सिरानी हालेको उहाँको भनाइ छ । उनले नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाइदा लिन वैदेशिक प्रतिक्रियावादी शक्तिहरु लागेको दावी गर्नुभयो
बिहीबार मोहन वैद्य किरण नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् ।

You might also like