रामग्राम साकोसको साधारणसभा

0

नवलपरासी – रामग्राम साकोस रामग्राम–३ परासीको १८ औँ वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष राजन कुमार आचार्यको प्रमुख आतिथ्यमा भएको उक्त सभाले सञ्चालक समितिबाट प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन, आगामी नीति तथा कार्यक्रम र आर्थिक प्रतिवेदन पारित गरेको छ ।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले शिक्षा, तालिम र सूचनाको माध्यमबाट सहकारीलाई सबल बनाउन सकिने बताउनुभयो । बर्दघाट पोष्ट दैनिकले खबर छापेको छ ।

You might also like