बक्यौता रकम भुक्तानी नगरे मिल सञ्चालनमा रोक लगाउने उखु किसानको चेतावनी

0

राज चौधरी, परासी– जब जब उखुको क्रसिङ्ग गर्ने सिजन सुरु हुन्छ तब तब पश्चिम नवलपरासीका उखु किसानहरु रकम भुक्तानी समस्याले हरेक बर्ष आन्दोलनमा होमिन बाध्य हुन्छन् । जव जव उखु क्रसिङ्ग गर्ने सिजन सुरु हुन्छ तब तब तराईका बिभिन्न जिल्लामा उखु किसानलाई समस्या आईलाग्छ । अहिले पनि तराईका बिभिन्न जिल्लामा चिनीउद्योगहरु समयमै संचालनमा नआउने भुक्तानी नदिदा किसानहरु समस्यामा परेका छन् । उखुको भुक्तानी नपाएपछि नवलपरासीका उखु किसानहरु निराश भएका छन् । तिनबर्षदेखि लागातर भुक्तानीको आश्वासन मात्र पाईरहेका किसानहरु यसबर्षको चाँडबाड मा पनि भुक्तानी नपाएपछि पिरमर्कामा परेको बताउछन । तराईका बिभिन्न जिल्लाका उखु किसानहरु समस्यामा परेका छन् । बर्षोअघि उधारोमा उखु दिएर भुक्तानी नपाएका किसानहरु यस बर्ष पनि समयमै चिनी उद्योगी ले भुक्तानी नदिए मिल सञ्चालन गर्न नदिन कृर्षक अगुवा एवंम् उखु किसान समिति नवलपरासीका प्रवत्ता धिरज त्रिपाठी बताए ।

पुरानो भक्तानी समस्या झेल्दै बाध्य किसानहरु यस बर्ष पनि खेतमा उखु तयार भईसक्दा समेत चिनी उद्योगहरु संचालनमा नआउने र उद्योगीको शतmीको पावरले भक्तानी नदिएको किसानहरु मार्का सरकार वास्ता नगर्दा दोहोरो मारमा परेको कृर्षक अगुवा एवंम् उखु किसान समितीका अध्यक्ष दुधनाथ गुप्ताले बताए । गत बर्ष उखुको क्रसिङ्ग सिजन भन्दा दुई महिना पछि उद्योगहरु संचालनमा आएका कारण करोडौ मुल्य बराबरको उखु खेतमा सुकेर समस्यामा परेका उखु किसानहरुलाई यस बर्ष पनि उही समस्या आउने निश्चितै छ । चिनी उद्योगलाई उधारोमा दिएको उखुको भुक्तानी नपाएका किसानहरु यस यस बर्ष पनि समयमै उखु मिलहरु संन्चालनमा नल्याउने हुदा र भुक्तानी नपाँउदा मर्कामा परेका छन् । पश्चिम नवलपरासीमा लुम्बिनी चिनी उद्योग , बागमती चिनी उद्योग, ईन्दीरा सुगर मिल्स र मोहिनी चिनी उद्योग गरी चार वटा ठुला उद्योगहरु रहेका छन् । तर गतबर्ष बागमति बाहेक ईन्दिरा र लुम्बिनी चिनी मिलले मिल नै संचालन गरेनन् । बागमति चिनी मिलले क्रमशंै उखुको भुक्तानी गरेपनि विगत तिनबर्षदेखि लुम्बिनी र ईन्दिरा सुगर मिलले किसानहरुलाई भु्क्तानीमा आलटाल गर्दै आएका छन् । ति उद्योगहरुबाट किसानहरुले अघिल्लो अघिल्लो बर्षको गरि करिब रु १६ करोड भन्दा बढी रकम लिन वाकी छ । ति रकम भुतmनी नदिए कुनैहालतमा पनि मिल सञ्चालन गर्न नदिने उखु किसान मकसुदन हजाम जानकारी दिए । तर चिनी उद्योग सञ्चालनहरु भने थैरे थौरे रकम भक्तानी गरी यस बर्षपनि उधारोमा उखु लिन दाउमा देखिन्छन् । किसानहरुले भुक्तानी सुरु गरेर मात्र चिनी मिल सञ्चालनमा गर्नुपर्ने माग राख्दै किसान हरु जब सम्मा परानो भुक्तानी उधोगीले दिदैन् तब सम्मा चिनी उद्योग सञ्चालन गर्न दिदैनौ किसान अडानमा छन् । बिभिन्न बहन बानई रकम भक्तानी नगर्ने र उद्योग सञ्चालनहरु आलटाल गर्दै आएको पाईन्छ । गत बर्ष उखुको क्रसिङ्ग सिजन भन्दा दुई महिना पछि उद्योगहरु संचालनमा आएका कारण करोडौ मुल्य बराबरको उखु खेतमा सुकेर समस्यामा परेका उखु किसानहरुलाई यस बर्ष पनि उही समस्या आउने निश्चित जस्तै छ ।

उखु किसानहरुले इन्दिरा सुगर मिलबाट ६ करोड, लुम्बिनी चिनीमिलबाट १० करोड गरि अझै १६ करोड रुपैया भुक्तानी पाउन पर्नेछ तर मिल संचालकहरु भाग्दै लुक्दै विभिन्न बहानामा भुक्तानी गर्न आलटाल गर्दै आएको छ । भुक्तानीको यस्तै रवैयाका कारणे किसानहरु उखु खेती छाडदै गएका छन् । पहिला जिल्लामा कुल साढे ७ हजार हेक्टर क्षेत्रफलमा उखु खेति हुदै आएको थियो तर हाल जम्मा ५ हजार हेक्टरक्षेत्रफलमा मात्र उखु खेती भएको पाइएको संघले जनाएको छ । जसमा जम्मा एक हजार किसानहरु मात्र आवद्ध रहेका छन् । अहिले किसानहरुको घरमा पैसा छैन । लामो समयको लकडाउनका कारण पैसा नभएकाले किसानहरु कसैबाट सापटी वा ऋण पनि पाईरहेका छैनन । कतै बाट पैसा आएन किसानहरु कसरी घर–व्यवहार मिलाउने र खेतीपाती गर्छन भन्ने दुख किसानहरुको रहेको छ । शनिवार भएको उखु किसानहरुको भेलामा भएको निर्णयहरु निर्णयहरु ……….

१.उखु किसानहरुको बिगतका आ.ब. देखि बाँकि रहेको उखुको बक्यौता रकम भुक्तानी गराउन ठोस पहल गर्ने ।

२.इन्दिरा सुगर मिल र लुम्बिनी सुगर मिल मालिक संगकुनै पनि ऊधारो सम्झौता नगर्ने ।

३.बिगतमा विभिन्न समितिले धोका दिई कमिसन खाई ऊधारो सम्झौता गराई धोका पाईएको हुनाले मिल मालिक , सरोकारवाला पक्ष र प्रशासन संग कुनै वार्ता वा छलफल भएमा किसानको भेला बाट तोकिए का किसानका प्रतिनिधि सम्मेलित छलफल बाट आएका निर्णयमात्रै मान्य हुने ।

४. मिल सञ्चालन गर्नुपुर्व बाँकी भुक्तानीको सुनिश्चितता भए पश्चात् मिल सञ्चालन गर्न दिने ।

५. मिल सञ्चालक लाई भुक्तानी को निश्चित समयावधि दिने र सो समयवधि सम्म भुक्तानी नभएमा मिल सम्बन्धि कुनै गतिविधि सञ्चालन हुन नदिने गरि तालाबन्दी गर्ने ।

६. किसानका समस्या साझा समस्या भएकोले कुनै राजनीति उदेश्य प्राप्ति भन्दापनि साझा उदेश्य प्राप्तिका लागि सहयोगको लागि सबै सरोकारवाला पक्षलाई समेत हार्दिकताका साथ अपिल गर्ने ।

७.हाम्रो मागलाई कसैले सतहीमा लिने र भित्रै ( भित्रै कुनै प्रलोभनमा परि मिल सञ्चालक संग मिलिभगत गरि मिल सञ्चालन गर्ने दुस्साहस गरेमा हामी सबै किसान मिली कडा प्रतिवाद गर्ने ।

८. किसान बक्यौता रकम भुक्तानी तथा किसानका समस्यालाई दिगो निकासका लागि विभिन्न अभियान तथा “ किसान बचाउ“ आन्दोलनको विगुल फुटाउने । उखु कृषक समिति (तदर्थ ) नवलपरासी ब.सु.प.

You might also like