सरकारले पर्याप्त सुन उपलब्ध गराउनुपर्छ –विश्वकर्मा

0

निशान परियार : भुताहा – नवलपरासी सुनचाँदी व्यावसायी संघको आयोजनामा राजस्व एंव नापतौल सम्बन्धि अन्तरक्रिया भुताहामा शुक्रवार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल सुनचाँदी महासंघका केन्द्रीय अध्यक्ष मोहन विश्वकर्माले सरकारले सुनचाँदी ब्यवसायलाई आवश्यक कच्चा पद्धार्थ उपलब्ध नगराउने तर नीति नियम एंव राजस्वका बाध्ने गरेको बताउनुभयो । उहाँले सुनचादीको गुणस्तर र नापतौलको बिषयमा कुनै सम्झौता नहुने बताउदै उहाँले ज्याला जर्तीको बिषय क्रेता र बिक्रेताबीचको आपसी समझदारीमा हुने जानकारी दिनुभयो ।

उहाँले ३५ करोड भन्दा माथिका ब्यवसायीलाई ई–बिलिङको बिषय उठेको बताउदै त्यसमा महासंघको आपति नरहेको तर त्यसलाई पछि घटाउदै लैजान नहुने तर्क गर्नुभयो । हामीले ल्याउने बैकको सुन हो.दैनिक सरकारले २० केजी सुन मात्र दिन्छ – अध्यक्ष विश्वकर्मा भन्नुभयो – २ लाख रोजगारी र दश लाख भन्दा बढि आश्रित रहेको यो पेशामा दैनिक २० केजी मात्र सुन दिएर हुन्छ ? त्यसैले अहिले अनलाइन विलिङ सम्भव छैन । सरकारले बैक मार्फत दिएको सुन पर्याप्त नभएकोले उहाँको भनाई थियो ।


कार्यक्रममा विशिष्ट अतिथि महासंघका केन्द्रीय सदस्य श्री बाबुराम विश्वकर्मा , बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने लगायतले बोल्नुभएको थियो । अन्तरक्रियामा गुणस्तर तथा नापतौल बिभाग प्रमुख मनोज कुमार पोख्रेलले कानुनी प्रावधानका बिषयमा आफ्ना भनाई राख्नुभएको थियो भने कार्यक्रममा अनिल प्रसाद श्रेष्ठ र टेकबहादुर चौधरीले आन्तरिक राजस्व र नापतौलको सन्र्दभमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रम संघका अध्यक्ष राजेन्द्र सुनारको अध्यक्ष्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम अघि बर्दघाट ४ मा नवलपरासी सुनचाँदी ब्यवसायी संघको कार्यालय समेत उद्घाटन गरिएको थियो ।

You might also like