बर्दघाट १२ मा प्याजको बिउ बितरण

0

बर्दघाट १९ मंसिर – बर्दघाट–१२ ले वडाका कृषकहरुलाई प्याजको बिउ प्रदान गरेको छ । सुनगाभा कृषक मुल समितिमा आबद्ध कृषकहरुलाई वडाले प्याजको बिउ प्रदान गरेको हो । कार्यक्रममा नगर उपप्रमुख मायादेवी पौडेलले नगरले प्याज उत्पादनमा आत्मनिर्भर बनाउन बिउ प्रदान गर्दै आएको बताउनुभयो । कार्यक्रममा वडाध्यक्ष मानबहादुर मल्लले वडालाई कृषि उपजमा आत्मर्निभर बनाउन वडावासीहरु लागि पर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कृषि विकास शाखा प्रमुख युवराज लम्सालका साथै जनप्रतिनिधिहरुको आतिथ्यता थियो । कार्यक्रममा २० केजी प्याजको बिउ प्रदान गरिएको थियो ।

You might also like