प्रधानमन्त्रीले कोभिड सम्मेलनमा सम्बोधन गर्ने

0

 १८ मङि्सर ,काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने भएका छन्। डिसेम्बर ३ र ४ मा  हुने ३१ औं विशेष महासभामा प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्ने तय भएको हो।

परराष्ट्र मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले महासभाको प्रोटोकलअनुसार प्रधानमन्त्री ओलीको सम्बोधनको अडियो भिडियो पठाइसकिएको जानकारी दिइन््। ‘सम्माननीय प्रधानमन्त्रीज्यूको रेकर्डेड सम्बोधनको अडियो भिडियो पठाइसकेका छौं’, प्रवक्ता लम्सालले भनिन्। प्रधानमन्त्री ओलीको सम्बोधन उद्घाटनकै दिन राति १ देखि २ बजेबीच आउन सक्नेछ। यो विशेष सम्बोधनमा कोभिड १९ को महामारी र त्यसले नेपालमा पारेको प्रभावबारे उल्लेख छ।  विशेष महासभामा सम्बोधनका लागि मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको नेतृत्वमा १३ सदस्यीय प्रतिनिधिमण्डल गठन गरेको थियो।

उद्घाटनका दिन अनुभव आदानप्रदान गरिनेछ। दोस्रो दिन कोभिड–१९ ले विश्वमा पारेको प्रभाव, खोपको विकासको अवस्था, आर्थिक, सामाजिक र मानव स्वास्थ्यमा पारेको असर पारेको विषयमा छलफल हुनेछ। विशेष महासभामा १ सय ४१ जनाले सम्बोधन गर्नेछन्। त्यसमध्ये ५३ राष्ट्रप्रमुख, ३९ सरकार प्रमुख र ४ उपप्रधानमन्त्री र ३८ जना मन्त्री छन्। विश्वका नेताहरूको सम्बोधनबाहेक कोरोनाविरुद्धको खोप र प्रयोगको विषयमा छलफलको कार्यक्रम छ।

अन्नपुर्ण पोष्ट

You might also like