नवलपरासी पूर्वमा थप ५६ जना कोरोनामुक्त

0

आश्विन २, २०७७/नवलपरासी पूर्व — रजहरको प्राकृतिक चिकित्सालयमा रहेका ५६ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । चिकित्सालयको आइसोलेसनमा रहेका १३४ जनाको पीसीआर परीक्षण गरिएकोमा ५६ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

चिकित्सालयका निर्देशक डा. विनोद पौडेलका अनुसार संक्रमण मुक्त हुनेमा विनयी त्रिवेणी गाउँपालिकाका १३ जना, कावासोती नगरपालिकाका ९ जना, मध्यविन्दु नगरपालिकाका ३ जना, देवचुली नगरपालिकाका १४ जना र झापाकी एक महिला रहेका छन् । उनीहरु सबैलाई शुक्रबार घर पठाइएको छ ।

चिकित्सालयमा शुक्रबार एक सय ३९ जना उपचारका लागि भर्ना भएका छन् । हालसम्म यो चिकित्सायलबाट ४ सय ४३ निको भएर घर गइसकेका छन । पूर्वी नवलपरासीमा शुक्रबारसम्म ७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ ।

Kantipur

 

You might also like