कृषि उत्पादनमा आत्मनिर्भरता बृद्धि गर्दैछौ – नगर प्रमुख बस्याल

प्याजको बिउ बितरण

0

बर्दघाट १६ मंसिर – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले प्याज उत्पादनमा नगरलाई आत्मनिर्भर बनाएर आयात कम गर्ने उद्धेश्यले बनाउन १७ बिगाहा जमिनमा पुग्ने गरी प्याजको बिउ बितरण गरेको छ ।
२० ग्राम तौलका ३ हजार ४ सय १४ प्याकेट प्याजको बिउ कृषकहरुलाई वितरण गरिएको नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो ।
नगरलाई कृषि उपजमा आत्मनिर्भर बनाउन बीज बृद्धि कार्यक्रम संचालन गरिरहेको पालिकाले मंगलवार एक कार्यक्रमबीच प्याजको बिउ बितरण गरेको हो । बिउ वितरण कार्यक्रममा नगर प्रमुख बस्यालले कृषि उत्पादन र बीउबिजनमा नगरलाई आत्मनिर्भर बनाउन नगरपालिका लागि परेको बताउनुभयो ।
उपप्रमुख मायादेवी पौडेलले नगरले कृषकहरुलाई लाभ हुने गरी कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्या, कृषि विकासशाखा प्रमुख युुवराज लम्साल र कृषि प्राबिधिक (जेटिए) खुमकान्त न्यौपानेले कृषि पेशामा लाग्नेहरुलाई नगरले प्रोत्साहित गरेको जनाउनुभयो ।
नगरबाट प्याजको बिउ पाएपछि कृषकहरु खुसी भएको बर्दघाट १३ का कृषक खुमानन्द पन्तले दावी गर्नुभयो ।

You might also like