टाइम वचतको ८ औं साधारणसभा
बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाटस्थित टाईम वचत तथा ऋण सहकारी संस्था लि.को आठौ साधारणसभा बिगतको समिक्षा गर्दै आगामी कार्ययोजना पारित गरेर मंगलवार सम्पन्न भएको छ ।
कार्यक्रममा नेफ्स्कुन संचालक सदस्य कृष्ण प्रसाद नेपालले देशको अर्थतन्त्रमा सहकारीको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले धेरै सहकारीमा भन्दा एउटै सहकारीमा सदस्य बन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष बृहस्पति अधिकारी बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यष तथा कार्यपालिका प्रवक्ता रविन्द्र विक्रम हमाल माकर सामुदाियक वचतका अध्यक्ष पुण्य प्रसाद पौडेल दौतरी एफमा प्रबन्ध निर्देशक नारायण भण्डारी बर्दघाट साहित्य समाजका अध्यक्ष दिनानाथ पौडेल राष्ट्रिय सहकारी बैक बर्दघाटका प्रबन्धक सविना पोखरेललगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहकारी अभियन्ताहरु नारायण दत्त घिमिरे दिलकुमारी कुंवर माया पौडेल लगायतको उपस्थिति रहेको थियो ।
सभाले रुद्रप्रकाश उपाध्यायको प्रगति प्रतिबेदन, कोषाध्यक्ष हरि प्रसाद भुर्तेलको आर्थिक प्रतिबेदन ,लेखा संयोजक केशव न्यौपानेको लेखा प्रतिबेदन , ऋण समितिको तर्फबाट संयोजक गंगा प्रसाद पाठकको प्रतिबेदन, महिला उपसमिति संयोजक गंगा पाण्डे र युवा संयोजक गणेश पाण्डेको प्रतिबेदनका साथै सदस्यता विस्तार उपसमितिको तर्फबाट राजमीप्रसाद घिमिरेले पेश गरेको प्रतिबेदन पारित गरेकोछ ।
कार्यक्रम संस्थाका अध्यक्ष रुद्रप्रकाश उपाध्यायको अध्यक्षता उपाध्यक्ष फूलकुमारी गिरीको स्वागत सचिव बोल्गा नेपालको संचालनमा भएको थियो ।