बौद्धकालिन प्राचिन ‘ककरपत्त’ नगरमा बौद्ध तथा पुरातत्वका अध्ययेता डा.श्रीवास्तव अभिनन्दित

0

नवलपरासी,१५ मंसिर
जिल्लाको सरावल २ स्थित कोलवृक्ष बगैचना क्षेत्र बौद्धकालिन प्राचिन कोलिय गणराज्य अन्तरगतको प्राचिन ‘ककरपत्त’ नगर घोषणा गर्ने अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवलाई अभिनन्दन गरिएको छ । कोलवृक्ष पर्यटन विकास संस्थाले कार्तिक पुर्णिको अवसर पारेर डा.श्रीवास्तवलाई अभिनन्दन गरेको हो ।
डा.श्रीवास्ताव महिना दिन अगाडी असोज पुर्णिमाको अवसरमा सो क्षेत्र प्राचिन ककरपत्त नगर भएको घोषणा गरेका थिए । त्यसको सम्मान स्वरुप डा.श्रीवास्तवलाई संस्था सहित स्थानिय गाउलेले अभिनन्दन गरेको संस्थाका अध्यक्ष नगेन्द्र प्रसाद चौधरीले जानकारी गराए । जावा गाउको दक्षिण तर्फ करिब १० विघा क्षेत्रफलमा फैलिएको लोपोन्मुख कोलबृक्ष बगैचा क्षेत्रलाई प्राचिन ककरपत्त नगर घोषणाले प्राचिनताको पहिचान पाएको र त्यसले गदौ यो स्थान बौद्धकालिन,बुद्ध स्थलको रुपमा अन्तराष्ट्रिय पहिचान पाउनुका साथै यो क्षेत्रमा पर्यटन प्रबद्र्धन हुने आधार घोषणाले पाएको स्थानियले महशुस गर्न थालेका छन् । अहिले ककरपत्त नगर खोज्दै धेरै मानिस र बौद्ध धर्मामालम्बी आउन थालेको अध्यक्ष चौधरीले बताएका थिए । त्यसले गाउलेलाई उत्साही बनाएको छ, उनले भने, यसको योगदान स्वरुप सबै गाउलेको निर्णय अनुसार संस्थाले अभिनन्दन कार्यक्रमको आयोजना गरि डा.श्रीवास्तवलाई अभिनन्दन गरिएको उनले सुनाए ।
थारु समुदायको सांस्कृतिक टोलीले नृत्य गर्दै डा.श्रीवास्तवको स्वागत गरेको थियो । संस्थाका अध्यक्ष चौधरी र गाउपालिका अध्यक्ष राधेश्याम चौधरीले दोसल्ला र अभिनन्दन पत्र प्रदान गरि अभिनन्दन गरेका थिए । सोही क्रममा घोषणा कार्यक्रममा आर्थिक सहयोग गर्ने गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरी,उपाध्यक्ष उत्तमा राय,प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल,वार्ड नं.२का कार्यवाहक अध्यक्ष बिजय सिँह गुप्ता,आदीबासी जनजाती महासंघका जिल्ला अध्यक्ष देवराज चौधरी,मिडिया एसोसिएसन नवलपरासीका संयोजक बेचु गौड,स्थानिय समाजसेवी रामदेव चौधरी र तत्कालिन मनरी गाविसका अध्यक्ष जनार्दन चौधरी लगायतका ब्यतिmलाई पनि दोसल्ला ओढाएर संस्थाका अध्यक्षले सम्मान गरेका थिए ।
काडेदार कोलवृक्षको बगैचा क्षेत्र भित्र प्राचिन खण्डहर र कमलपोखरीको आधारमा ककरपत्त भएको र ककरपत्त नगरमा भगवान गौतम बुद्धले ककरपत्त नगर(तत्कालिन निगम) प्रमुख कोलियपुत्र दिर्घजानुलाई गृह शुख सन्देशको धर्मदेशना गरेको आधारमा जावा गाउ पर्न गएको मान्यता राखेर असोज पुर्णिमाको अवसरमा ककरपत्त नगर घोषणा गरिएको थियो । अभिन्नदन कार्यक्रममा बोल्दै उतm पुरातात्विक पहिचानका लागि सरावल गाउपालिकाले रु.५ लाख बजेट समेत विनियोजन गरि प्राचिन स्थलहरुको अनुसंधान गराउने कार्यक्रममा जुटेको गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी गराएका थिए । अनुसंधानले ककरपत्त नगरलाई प्रमाणित गरिनेमा विश्वास ब्यतm गरेका थिए । ककरपत्त नगर क्षेत्रको विकासका लागि डेढ करोड भन्दा बढि लगानी गरि सकेको बताएका थिए । अझै कोलवृक्ष बगैचा क्षेत्र भित्र नै बौद्ध विहारको निर्माण,उद्यान,ध्यान केन्द्रको स्थापना गरिने गरि विस्तृत परियोजना प्रतिवेदन तयार भई रहेको उनले बताए ।
जावा गाउमा यसै बर्ष कम्तीमा पनि १० घरधुरीबाट होम स्टे सञ्चालन गरिने गरि तालिम समेत दिलाएर होम स्टे निर्माणका कार्य भई रहेको जानकारी गराइएको थियो । त्यसै गरि एक करोडको लागनीमा सोही क्षेत्रमा संग्रालय,पुूस्तकालय,सभाहल,बैठक तथा तालिम गोष्टि गर्न सक्ने गरि बहुदेश्यि भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृतले बताएका थिए । गाउमा होम स्टे सञ्चालन नहुदै आन्तरिक पर्यटकहरु आउन थालेको हुदा ति पर्यटकलाई आवश्यक गाईड तथा सबैको  तथ्याँक राख्नका लागि आगन्तुक पुस्तिका राख्न संस्थालाई सुझाव गाउपालिकाकी उपाध्यक्ष उत्तमा रायले राखेकी थिईन् । पर्यटक आउन थालेका छन्,उनले भनिन्,अब आउने पर्यटकलाई बास,खाना,नास्ता तथा यस क्षेत्रको दृष्यावलोकन गराउनका लागि गाईडको आवश्कता छ, यसमा संस्था र गाउलेले अग्रसरता लिन पर्यो,गाउपालिकाले हरेक सहयोग गर्न तयार छ ।

कोलिय खबर

You might also like