मल उत्पादन प्रशिक्षण कार्यक्रम

0

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको खानेपानी सुरक्षा योजना समितिको आयोजनामा शुक्रबार वातावरणीय सरसफाई कार्यक्रम अन्र्तगत फोहोर ब्यवस्थापनका लागी गड्यौला पालन एवं प्रांगारिक मल उत्पादन प्रशिक्षण कार्यक्रम संस्थाको सभाहलमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष ईन्द्र कुमार रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सस्थामा आबद्ध कार्य समितिका पदाधिाकरी, सुरक्षा समितिका पदाधिकारी, कर्मचारी र बर्दघाटमा क्रियाशिल संघ सस्थाहरु बर्दघाट उद्योग बाणिज्य संघ, बर्दघाट बजार विकास समिति, पारिजात सामुदायिक वन, दाउन्नेदेवी महिला बहुदेश्यि सहकारी सस्था लगाएतका प्रतिनिधीहरु गरि २५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा फोहोर ब्यवस्थापनका लागी गड्यौला पालनबाट कसरी आमदानी लिन सकिन्छ भन्ने विषयमा सहजकर्ता शकुन्तला देवकोटा र शिव तिमिल्सिनाले सहजिकरण गर्नुभएको थियो ।

You might also like