उपभोक्ता सर्बेक्षण गर्दै बर्दघाट खानेपानी

0

बर्दघाट १५ मंसिर – बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीको सेवाबाट उपभोक्ता सन्तुष्टि भए नभएको बारे सर्बेक्षण गर्ने भएको छ । संस्था अन्तरगतको खानेपानी सुरक्षा योजना टोलीको सोमवार भएको बैठकले उपभोक्ता सन्तुष्टि फारमलाई उपभोक्ता माझ लगेर सर्भेक्षण गर्ने निर्णय लिएको हो ।

संस्थाबाट पानी उपभोग गरिरहेका मध्ये २० प्रतिशत उपभोक्ताबाट सो सर्बेक्षण गरिने संस्थाका उपाध्यक्ष एंव टोलीका संयोजक दीपक लम्सालले जानकारी दिनुभयो । त्यस्तै संस्थाले यही मंसिर १७ गते नवदिब्य ज्योति प्रावि र २३ गते शिवबस्ती टोलमा कार्यक्रम गर्ने भएकोले सो कार्यक्रमको कार्यबिभाजन समेत गरिएको उहाँले बताउनुभयो । बैठकमा कोभिड कहरबीच भएका कार्यक्रमहरुको समिक्षा समेत गरिएको संस्थाका ब्यवस्थापक बिष्णुकुमार भुसालले बताउनुभयो ।

You might also like