ग्रामीण ब्यवसायिक कृषि उत्पादन समुहको बार्षिक समिक्षा

0

नवलपरासी २७ भदौ : ग्रामीण ब्यवसायिक कृषि उत्पादन समुहको बार्षिक समिक्षा भएको छ । शनिवार ग्रामीण साकोसको मुख्यालय बर्दघाट–७ जिमिरेभारमा समुहले कार्यक्रम गरी बार्षिक समिक्षा गरेको हो । बर्दघाट ७ बेलाहानीमा जग्गा भाडामा लिएर समुहले ब्यवसायिक तरकारी खेती गर्दै आएको छ । कार्यक्रममा ग्रामीण साकोस एंव समुहका अध्यक्ष रविन्द्र बिक्रम हमालले समुहले १२ लाख २६ हजार ४ सय ९३ रुपैयाको तरकारी उत्पादन गरेर बिक्री गरेको जानकारी दिनुभयो ।

उहाँले आम्दानी बृद्धि गर्ने र खर्च कम गर्ने नीति अनुसार समुह संचालन गनुपर्ने उल्लेख गर्दै त्यसका लागि लगानीकर्ताहरुले समुहप्रति चाँसो दिनुपर्ने बताउनुभयो । उक्त समुहमा ३२ जना लगानी कर्ता रहेका छन् । समिक्षा कार्यक्रममा तरकारी बिक्री गरी वचत भएको मध्येबाट प्रति सदस्य १० हजारका दरले ३ लाख २० हजार वचत बितरण गर्ने जानकारी दिइएको थियो । समुहले ५ लाख ४० हजार वचत गरेको जनाएको छ । कार्यक्रम अध्यक्ष रविन्द्र बिक्रम हमालको अध्यक्षता सचिव कृष्णहरि पौडेलको संचालनमा भएको थियो ।

You might also like