पश्चिम नवलपरासीका ३ वटा साकोसले पाए प्रोबेशन ब्राण्ड

0

 नवलपरासी ६ मंसिर – पश्चिम नवलपरासीका ३ सहकारी संस्थाले पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन) ब्राण्ड प्राप्त गरेका छन् । बर्दघाट – २ चिसापानीमा रहेको हाम्रो सुपर वचत तथा ऋण सहकारी संस्था , सुनवल – १२ भुमहीमा मुख्य कार्यालय रहेको लुम्बिनी सुनवल वचत तथा ऋण सहकारी संस्था र सयपत्री वचत तथा ऋण सहकारी संस्था सुनवलले प्रोबेशन ब्राण्ड प्राप्त गरेका हुन । लुम्विनी सुनवल साकोसका अध्यक्ष लेखनाथ खरेलले सहकारीले प्रोबेशन ब्राण्ड प्राप्त गरेकोमा सबै शेयर सदस्यहरुमा खुसीयाली छाएको बताउनुभयो । सबैको योगदानबाट हामीले यो ब्राण्ड पाएका हौ–उहाँले स्थानीय पत्रसंग भन्नुभयो । सहकारीमा ६ हजार ७ सय शेयर सदस्य रहेको उहाँले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशका १४ सहित ६ वटा प्रदेशका ४० वटा सहकारीले पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन) ब्राण्ड प्राप्त गरेका हुन् ।

You might also like