बन्दाबन्दीको समयमा अनलाइन कक्षा संचालन गर्न अखिलको माग

0

नवलपरासी ७ बैशाख – बन्दाबन्दीको अवस्था रहुन्जेल अनलाइ्नबाट पठनपाठन गर्न सत्तारुढ नेकपानिकट अखिलले माग गरेको छ । कक्षा ११, १२ र एसईई को वार्षिक परिक्षाका लागि तयारीमा रहेका विद्यार्थीहरुलाई सम्बन्धित विद्यालयले विभिन्न प्रविधिको माध्यमबाट कक्षा सञ्चालन गर्नुपर्ने अखिलका माग हो । यही मागलाई लिएर अखिलले आईतवार प्रमख जिल्ला अधिकारी बासुदेव दाहाल र जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायलाई ध्यानाकर्षण गरेको अनेरास्ववियू पश्चिम नवलपरासीका संयोजक शुसान्त शर्मा घिमिरेले बताउनुभयो । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले परिक्षा स्थगित भएपछि विद्यार्थीहरु मर्कामा परेको अनेरास्ववियूको ठहर रहेको छ । अन्य कक्षाका विद्यार्थीको सन्दर्भमा भने शिक्षक, विद्यार्थी र अभिभावक निरन्तर सम्पर्कमा रहने गरी विद्यार्थीका सिर्जनात्मक र रचनात्मक कार्यलाई निरन्तरता दिन उत्प्रेरणामूलक कार्यहरु गर्न वैकल्पिक माध्यमबाट सहजीकरण गर्न पनि अनेरास्ववियूले माग गरेको छ । लकडाउन लम्बिदै जादाँ एसईई को लागि अन्तिम तयारीमा रहेका विद्यार्थीहरुमा नाकारात्मक असर पर्ने, पढाईबाट रुची हट्नुका साथै परीक्षालाई लिएर मानसिक तनाव हुने हुनाले विभिन्न सञ्चार माध्यमबाट दैनिक रुपमा कक्षा सञ्चालन गर्ने सम्बन्धी अनेरास्ववियूले ध्यानाकार्षण गराएको छ ।

साथै लकडाउनको समयलाई सदुपयोग गर्दै शिक्षण विधिलाई सिर्जनात्मक र कलात्मक ढङ्गबाट योजना बनाई लागु गर्नुपर्ने सङ्गठनका सहसंयोजक विशाल गिरीले बताउनुभयो । प्रत्येक स्थानीय तहले शिक्षाको वार्षिक बजेटमा बृद्धि गरी प्रविधिमैत्री शिक्षण विधि लागू गर्न सुझाएको सहसंयोजक गिरीले जानकारी दिनुभयो ।

You might also like