किसान पाइपद्वारा बिद्यालयलाई १ लाख आर्थिक सहयोग

0

बर्दघाट २ मंसिर – किसान पाइप प्रोडक्ट प्रालिले राष्ट्रिय मावि बर्दघाट–७ जिमिरेभारको शैक्षिक भौतिक विकासका लागि एक लाख रुपैया प्रदान गरेको छ । प्रालिका संचालक बिष्णु पाण्डेले बिद्यालयका प्रधानाध्यापक शेषकान्त पौडेललाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । प्रालिले सामाजिक उत्तरदायित्व अन्तरगत बिद्यालयलाई सहयोग गरेको संचालक पाण्डेले बताउनुभयो । कार्यक्रममा बर्दघाट ७ का वडाध्यक्ष धुब्र थारु, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कैलाश चौधरीलगायतको आतिथ्यता थियो ।

You might also like