तिहार आयो, इचङ्कुका बारीमा सयपत्री झपक्कै
२५ कार्तिक । हिन्दूहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा इचङ्कु नारायणका किसानको व्यस्तता बढेको छ । बारीका सयपत्री फूल टिपेर माला गाँस्ने र बजार पुर्याउन उनीहरुलाई भ्याइनभ्याई छ ।
यस वर्ष कोरोना संक्रमणका कारण चाडको खासै रौनक छैन । मलमासको कारण चाडबाड पछि परेकाले किसानलाई अघिल्ला वर्षहरुमा जस्तो चटारो छैन ।
बिगतमा धान भित्राउने बेला र तिहारको दिन सँगसँगै जस्तो पर्ने हुँदा किसानहरुलाई चटारो हुन्थ्यो । तर यस वर्ष तिहार अलि पछि परेकाले धान भित्र्याइसकेर तिहारका लागि माला तयार गर्न उनीहरुलाई अलि सहज भएको छ । तिहारमा सबैभन्दा धेरै खपत हुने फूल सयपत्री र मखमली हो । गुर्धौली फूलको पनि माग हुने गरेको छ । फोटो पत्रकार सुजन गुरुङले इचङकु क्षेत्रमा पुगेर तयार गर्नुभएको फोटो फिचर ।
![](https://gorkhapatraonline.com/news_gallery/5faa3c358ce39_DSC_9063.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/5faa3c35b39dd_DSC_9074.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/5faa3c35b4c4e_DSC_9093.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/5faa3c35b5cd6_DSC_9106.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/5faa3c35b6cc7_DSC_9115.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/5faa3c35b860f_DSC_9138.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/5faa3c35b9719_DSC_9141.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/5faa3c35ba7ab_DSC_9142.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/5faa3c35bbdb3_DSC_9180.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/5faa3c35bd747_DSC_9186.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/5faa3c35be9f8_DSC_9227.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/5faa3c35bfa12_DSC_9243.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/5faa3c35c08e7_DSC_9250.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/5faa3c35c1ab0_DSC_9290.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/5faa3c35c2baa_DSC_9298.jpg)