प्रहरीकै सेटिङमा अलौ नाकाबाट मौलायो तस्करी, डिआईजी भन्छन्- छानबिन गर्छाै

0

पर्सा, १७ कार्तिक ।  नेपाल र भारतको सीमावर्ती क्षेत्र अलाैबाट अहिले फेरी तस्करी माैलाएकाे छ । प्रहरीकै संलग्नतामा सीमावर्ती क्षेत्रहरुबाट तस्करी मौलाएको हो ।

पर्साको अलौ नाका हुदै अहिले तस्कतरी भइरहेकेा छ । यसमा सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको नै सेटिङमा समान ओसार पसार भइरहेकेा बताइएकाे स्राेत बताउछ ।

अलौ नाका हुदै दिनप्रति दिन कपडा, हार्डवयेर, केराउ, चामल, कवाड, लगायतकाे तस्करी भइरहेकेा छ ।  तस्कर संगठनहरुले प्रहरी संग समन्वय गर्नको निम्ति लाखौ रुपैया नजराना दिएपछि तस्करीको कार्य सुचारु भएको प्रहरी स्राेत नै बताउछ ।

तस्कर गिरोहहरुले स्थानीय प्रहरी चौकी श्रीसियाका प्रमुख प्रहरी नायब निरीक्षक गजानन्द साह र बोर्डर आउट पोष्ट अलौका प्रमुख प्रहरी निरीक्षक इश्वर अधिकारीले मासिक लाखौ रुपैया बुझे पश्चात तस्करीको लाइन दिएको उहाकै सशस्त्र प्रहरी श्रोतले जानकारी दियाे । स्राेतका अनुसार रातिको समयमा प्रति दिन करोडौको मालसमानहरु सीमा नाका हुदै आयात निर्यात हुने गरेको छ।
स्थानीय प्रहरी चौकी र स्थानीय बोर्डर आउट पोष्टको मिलोमतोमा तस्करी कार्य फस्टाएपनि सीमाको मुख्य जिम्मेवारी बहन गरिरहेका सशस्त्र प्रहरीका माथिल्लो निकायले त्यसतर्फ ध्यान नपुरयाएको बताइएको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले तस्करी कार्य रोक्न खोजिएपनि अहिले वेवास्था गरेकेा बताइएकाे छ । आर्थिक प्रलाेभनमा परेर  मौन बसेकेा बताइएको छ । सशस्त्र प्रहरी उपरीक्षक खडकाको मौनता हुनसाथ तस्कर गिरोह अलौ नाकामा सकृय भएका छन ।
यता सीमा नाकाहरुबाट बन्द भएको तस्करी अलौ नाकाबाट सुचारु भएको बुझिन्छ । स्थानीय प्रहरी प्रशासनलाई मासिक १ लाखदेखी ४ लाखसम्म मासिक नजराना तस्कर गिरोहले दिने गरेको एक प्रहरी अधिकारीले बताए । आफ्नो नाम उल्लेख नगर्ने सर्तमा उनले आ—आफ्नो माथिल्लो निकायसम्म तस्करीको रकम बाडफाड गरिएको बताउनु भयो । अलौ नाकाबाट कपडाको काम गर्ने बैझनाथ र केराउको तस्करी गर्ने सुनिल भनिनेले नाकामा आफ्नो कब्जा समेत जमाएको स्थानीय बताइन्छ ।

यता, ससस्त्र प्रहरीका प्रदेश दुईका डिआइजी केबी ब्रम्हाचार्यले अलाै नाकामा प्रहरीकै संलग्नतामा तस्करी भइरहेकेा कुरा आफुले पनि  सुनेपछि एसपि र नाकामा खटिएका सुरक्षा अधिकारी सँग कुरा गरिसकेकेा बताए ।  साे बिषयमा छानबीन र अनुसन्धान गर्ने जानकारी दिदैँ उनले आज साे नाकामा सुरक्षाामा खटिएका अधिकारीलाइ छलफलका लागि बाेलाएकाे पनि बताएका छन् ।>>Mirmire Online

You might also like