बर्दघाट नगरक्षेत्रबाट देखियो हिम श्रृखला
माछापुच्छ्रे र धवलागिरी हिमालका साथै हिमश्रृखलाको मनोरम दृश्य
बर्दघाट १५ कार्तिक – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ को चुरेक्षेत्रबाट हिमालय श्रृखला देखिएको छ ।
सामुदायिक वन उपभोक्ता जिल्ला महासंघका पश्चिम नवलपरासीका अध्यक्ष कमल परियारले बर्दघाट नगरको चुरेक्षेत्रबाट हिमाल देखिएको बताउनुभयो ।
चुरेको बस्ती चिउरढाप र संसारकोटबाट र्छलंग हिमाल देखिएको र क्यामरा नलगेकोमा पछुतो भएको उहाँले बताउनुभयो ।
उहाँले त्यहाबाट माछापुच्छ्रे र धवलागिरी हिमालका साथै हिमश्रृखलाको मनोरम दृश्य देखिएको बताउनुभयो ।
नगर प्रमुख धीरज शर्मा बस्यालले चुुरेक्षेत्रबाट हिम श्रृखला हेर्ने मौका आफूले पनि पाएको जानकारी दिनुभयो ।
पर्यटन क्षेत्रको समग्र योजना बनाउदाँ त्यसमा यी सबै पर्यटकीय क्षेत्रहरुको विकास समेटने बताउनुभयो ।
बर्दघाट समुद्र सतहदेखि ५ सय ६१ मिटर उचाईमा रहेको छ । हिमाल देखिएको स्थान समुद्र सतह देखि ८ सय मिटर रहेको छ ।