निजी विद्यालयले शुल्क मनलाग्दी असुल्न थाले

0

असोज २१, २०७७ काठमाडौं :

कोरोना (कोभिड–१९) का कारण यतिखेर सर्वसाधारणलाई गुजारा चलाउन पनि हम्मेहम्मे परेको छ। धेरै विपन्न‍हरूको घरमा आगो निभिसकेको छ। अब कसरी दैनिकी चलाउने भन्ने चिन्ता अहिले आम मानिसमा छ। तर, देशका निजी विद्यालयहरूले भने महामारीको यस्तो अवस्थामा पनि अभिभावकलाई रूवाउने काम गरेका छन्‌। मनलाग्दी शुल्क तोक्ने र अभिभावकले तिर्न नसक्ने बताउँदा विद्यार्थी नै निकालिदिने धम्की निजी विद्यालयहरूले दिइरहेका छन्‌।
एक जना अभिभावकले भने, ‘स्कुलले स्टेसनरी, यातायात खर्च लगायत अन्यको जोडेर बढी शुल्क लियो। विद्यालयमा गएर बुझ्न खोज्दा विद्यालय व्यवस्थापनले वार्ता नै गर्न चाहेन। त्यसैले स्कुलमा अभिभावकहरूले तोडफोड गरेका हुन्‌।’ उनका अनुसार स्कुलले सबै कक्षा तहको शुल्क बढाएको छ। युकेजीमा अध्ययन गर्ने विद्यार्थीबाटै मासिक सात हजार रुपैयाँसम्म शुल्क स्कुलले असुलेको छ। शुल्क नतिरे विद्यार्थी निकाल्ने धम्की अभिभावकले स्कुलले भनेजति शुल्क नतिरे विद्यार्थी निकाल्ने धम्की समेत दिएको छ। ‘स्कुलले भनेजति शुल्क नदिए अरु ठाउँमा लैजाने विकल्प खुला छ भन्यो,’ अर्का अभिभावकले भने, ‘यसको मतलब शुल्क नतिरे स्कुलले विद्यार्थी निकाल्ने रहेछ। तर, स्कुलले घुमाउरो पाराले भनेको छ। पैसा तिर्न नसक्ने विद्यार्थीलाई अनलाइन कक्षाबाट पनि हटाएको छ।’ कोरोना संकटको बेला स्कुलले अमानवीय व्यवहार गर्न थालेको उनले बताए।
‘चर्को शुल्क लिँदा बौद्ध इन्टरनेशनलमा भएको तोडफोड घट्ना एक उदाहरण मात्रै हो,’ उनले भने, ‘अन्य स्कुलले पनि चर्को शुल्क लिएका छन्‌। अनलाइन कक्षामा सहभागी गराएका छैनन्। शंखमूलमा रहेको केएमसी स्कुलले पनि शुल्क धेरै लिएपछि त्यहाँ हामी गएका छौँ। शुल्क लिने स्कुलले त्यस्तै व्यवहार पाउँछन्‌।’ पछिल्लो समय निजी विद्यालयले चर्को शुल्क उठाउँदै आएपछि नियमनका लागि सम्बन्धित गाउँपालिका, नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइमा उजुरी दिने गरेको उनले बताए।  सरकारले अनलाइन शुल्क निर्धारण नगर्दा अभिभावक मारमा सरकारले सबै स्कुलको अध्ययन, अनुगमन लगायत जिम्मा स्थानीय सरकारलाई दिएको छ। तर, पनि अहिले भैरहेको वैकल्पिक सहजीकरण सिकाइका लागि अनलाइन शुल्क निर्धारण गर्न सकेको छैन। सरकारले नै शुल्क निर्धारण नगरेपछि निजी विद्यालयहरूले अभिभावकसँग मनलाग्दी ढंगले रकम उठाइरहेका छन्‌। अभिभावक मारमा परेका छन्‌। महासंघका अध्यक्ष भण्डारी भन्छन,‘हामी शुल्क तिर्छौं। ​तर, लिन मिल्नेभन्दा बढी शीर्षकका शुल्क तिर्न सक्दैनौँ। सरकारले अनलाइन शुल्क निर्धारण गर्न नसक्दा मारमा हामी परेका छौँ।’ कोरोना महामारीले गुजारा चलाउन समेत धौधो परेका बेला स्कुलले दबाब दिनु दुःखद कुरा रहेको उनले बताए। ‘कोरोना कहरले धेरैको रोजीरोटी गुमेको छ,’ उनले भने, ‘त्यसैले धेरै अभिभावक शुल्क तिर्न सक्ने अवस्थामा छैनन्। उनीहरुलाई सरकारले हर्नुपर्‍यो।’  बढी शुल्क लिने स्कुललाई नियमन गछौँ : प्याब्सन बढी शुल्क लिने विद्यालयलाई आन्तरिक वार्ताबाटै नियमन गर्ने निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन) का अध्यक्ष टिकाराम पुरी बताउँछन्‌। उनले भने, ‘बौद्ध इन्टरनेशनल स्कुलले बढी शुल्क लिएको हो। स्कुलले वार्षिक शुल्क, खाजा लगायत शुल्क लिन पाउँदैन। स्कुलसँग छलफल गरिरहेका छौँ। सबै वार्तामार्फत मिलाउँछौँ। जायज शुल्क मात्रै लिनु भनेका छौँ।’
चर्को शुल्क लिने बौद्ध इन्टरनेशनलका स्कुलको विषयमा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज कुमार ढुंगानाले वार्ता मिलिसकेको बताए। उनले भने, ‘स्कुलसँग छलफल गरी वार्ता मिलिसकेको छ। अरु स्कुलले पनि बढी शुल्क लिन पाउने छैनन्।’..Thaha khaber

You might also like