बर्दघाट –५ सखुवानीमा उद्योग ग्राम स्थापना हुने

0

नवलपरासी  ५ असार – पश्चिम नवलपरासीको बर्दघाट –५ सखुवानीमा उद्योग ग्राम स्थापना हुने भएको छ ।
संघीय सरकार उद्योग मन्त्रालयबाट उद्योग ग्राम स्थापना गर्न ९२ लाख रुपैया प्रदान भएको र त्यो रकमबाट कार्य थालनी हुने नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो ।
एक स्थानीय तह एक उद्योग ग्राम निर्माण गरी लगानी प्रबद्र्धन गर्ने सरकारी नीति अनुसार उद्योग ग्राम बनाउनका लागि रकम प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्यषले स्थानीय पत्रलाई जानकारी दिनुभयो ।
बर्दघाट नगरपालिकाका सुचना अधिकारी पुष्कर काफ्लेका अनुसार उक्त कार्यका लागि जग्गा छनौट देखि प्राबिधिक कार्य शुरु भएको छ ।
सो उद्योग ग्राममा उद्योग संचालन गर्न चाहने उद्योगीहरुलाई जग्गा ब्यवस्थापन तथा बिभिन्न सुविधा प्रदान गरी लगानी मैत्री वातावरण निर्माण गर्ने सरकारी योजना रहेको छ ।
पूर्वमा खजुरा खोला पश्चिममा आवादी जमिन उत्तरमा प्रति जग्गा र दक्षिण्मा बर्दघाट बरुवा सडक पर्ने कित्ता नम्बर १०२ मा उक्त उद्योग ग्राम बनाउने तयारी भएको बताइएको छ । सो जग्गा यकिन गर्नका लागि नापी कार्यालय परासीबाट प्राविधिक समेत खटाइएको जनाइएको छ । उद्योग ग्राम संचालनमा आएपछि रोजगार बृद्धि हुने स्थानीयको अपेक्षा छ ।

You might also like