नेकपा कार्यकर्ता भेला भुताहामा

0

भुताहा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बर्दघाट नगर कमिटीले शुक्रवार अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम बर्दघाट १० भुताहामा सम्पन्न गरेको छ । कार्यक्रममा प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार विकासमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीको प्रमुख अतिथ्यतामा रहेको थियो । कार्यक्रममा मन्त्री चौधरीले सरकार तथा पार्टीको गतिविधि बारे प्रकाश पार्नुभएको थियो ।

सो अवसरमा विशिष्ट अतिथिको रुपमा नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी, अतिथिहरु जेष्ठ कम्युनिष्ट मञ्चका पुर्व केन्द्रिय सदस्य खिमलाल पोख्रेल, जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रिय सदस्य राम चन्द्र अधिकारी, प्रदेश नम्बर ५ की नेकपा प्रदेश सदस्य सितादेवी बौडेल, बृहस्पति अधिकारी, रामानन्द यादव, प्रदेश नम्बर ५ का प्रदेश सांसद दिपेन्द्र कुमार अधिकारी, बर्दघाट नगरपालिका नगर प्रमुख धिरज शर्मा बस्याल, नगर उपप्रमुख मायादेवी पौडेल, नेकपाका जिल्ला कमिटी सदस्य शिवलाल कण्डेल, रुक्मांगत ज्ञवली, सुनवल नगरपालिका नगर उपप्रमुख दधिराम अर्याल लगायत आतिथ्यता थियो ।

कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर १० का १४ जनाले नेकपामा प्रवेश गरेको जनाइएको छ । नेकपा नगर कमिटीका सदस्य सिता न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नगर कमिटीका सचिव हरिरञ्जन पौडेलले गर्नु भएको थियो । कार्यक्रम नेकपा बर्दघाट नगर कमिटीका अध्यक्ष ईन्द्र कुमार रानाको अध्यक्षतामा भएको थियो ।

You might also like