दुई दिने गाई,भैंसी तथा बाख्रा पालन तालिम सम्पन्न

0
उमेश बि.क / नवलपरासी ,१७ असाेज/
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ मनरीमा दुई दिने गाई,भैंसी तथा बाख्रा पालन तालिम सम्पन्न भएको छ ।
सरावल गाउँपालिका पशुशाखाकाे अायाेजनामा वडा वडा नं. २ का कार्यवाहक अध्यक्ष बिजय सिंह गुप्ताकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा तालिम सम्पन्न भएको हाे।
तालिममा बाेल्दै गाउँपालिका अध्यक्ष चाैधरीले आधुनिक र व्यवसायिक तरिकाले गाई,भैंसी तथा बाख्रा पालन गरी आम्दानी गर्ने तथा तालिममा सिकेका कुराहरुलाई लागु गर्नुपर्ने कुरामा सबैको जोड थियो ।
तालिममा सरावल गाउँपालिका वडा नं. २ अन्तर्गत ३० जना पशुपालक कृषकहरुकाे सहभागीता रहेको पशु प्राबिधिक यम अर्यालले जानकारी दिनुभएको हाे ।
तालिमको सहजिकरण पशु प्राबिधिक भरत काफ्ले तथा धर्मेन्द्र यादवले गर्नुभएको थियाे ।
You might also like