जनरल ईन्स्योरेन्सको आईपिओ आज खुल्दै , कति शेयर हाल्ने ?

0

असोज ११ काठमान्डौ ।

अहिले दोस्रो बजार उत्तारचढाव भएका बेला प्राथमिक शेयर तर्फ लगानीकर्ता आकर्षित भईरहेका बेला आजबाट जनरल इन्स्योरेन्सको आईपीओ खुलेको छ । प्रति कित्ता एक सयको दरले जनरल इन्स्योरेन्सले यही असोज ११ गते देखि ३० लाख कित्ता साधारण शेयर आईपीओ निस्काशन गर्दैछ । कम्पनीले ३० करोड बराबरको साधारण शेयर निस्काशन गर्ने छ ।

उक्त ३० लाख कित्ता मध्य १ लाख २० हजार कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने १ लाख ५० हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाडँफाडँ गरिएको छ । अब सर्वसाधारणहरुलाई २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरिएको छ । आईपीओ असोज ११ गते देखि असोज १४ गते सम्म खुल्ने छ ।

कति भर्ने शेयर ?
धितोपत्र निस्काशन तथा बाडँफाँड निर्देशिका अनुसार सबैलाई सुरुमा दश कित्ता दिँदै जानु पर्छ । तर यस कम्पनीले सर्वसाधारणलाई जम्मा २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको छ । यसको अर्थ दश कित्ता नियम अनुसार २ लाख ७३ हजार जना लागानीकर्ताले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन् । त यस अघिका आवेदनहरुको संख्या हेर्दा ६ लाख आवेकद पुग्न सक्ने भएकाले धेरै शेयर पर्ने संभावना कम देखिन्छ । यसर्थ तपाईले न्युनतम १० कित्ता मात्रै हाल्दा उपयुक्त हुने देखिन्छ । बढी कित्ता भरे पनि न्युनतम मात्रै पर्ने संभावना रहन्छ ।

कम्पनीले चुक्तापुजी एक अर्ब पुर्याउन आईपिओ निष्कासन गरेको हो । यस कम्पनीको वित्तिीय विष्लेषण गर्नेहरुले केही बर्ष पछि राम्रो मुनाफामा जान सक्ने प्रक्षेपण गरिएको छ ।…..Mirmire online

You might also like