मध्यविन्दु नगरपालिकामा थपिए १७ जना संक्रमित,नवलपुरमा संक्रमितको सख्या ६ सय ९६ जनामा सङ्क्रमण

0

नवलपुर,भाद्र ३० ।

नवलपुरको (नवलपरासी बर्दघाट सुस्ता पुर्व) मध्यबिन्दु नगरपालिकामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मध्यबिन्दु नगरपालिकामा कोरोना संक्रमितको संख्या ९० पुगेको छ । यस्तै यी मध्ये ५९ जना निको भएर घर फर्किएका छन् ।

यहि भदौ २६ गते नगरभित्रका ९१ जनाको स्वाब संकलन गरी परिक्षणका लागी पोखरा प्रयोगशालामा पठाइएकोमा ति मध्ये १७ जनाको नतिजा पोजेटिभ आएको मध्यबिन्दु नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पोखरेलले जानकारी दिए ।

मध्यबिन्दु नगरपालिका वडा नं २ का १९ बर्षिय पुरुष, यस्तै वडा नं ९ का ४८, १७, ५०, २७ बर्षका पुरुष, वडा नं १२ का ६० बर्षिय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । जो क्वारेन्टिनमा रहेका थिए ।यस्तै अन्य सबै स्थानिय रहेको नगरपालिकाले जनाएको छ । वडा नं ४ का ३७ बर्षिय पुरुष, वडा नं ७ का पनि ३७ बर्षिय पुरुष, वडा नं ८ का ६१, ३६, ८, २९ र २१ बर्षिय महिला, त्यसैगरी वडा नं ८ कै ४५ र १४ बर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै वडा नं ९ का ४८, १७, ५०, २७ बर्षका पुरुष, वडा नं १० का ६२ र १४ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नवलपुरमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय ९६ पुगेको छ ।  जिल्लामा अहिलेसम्म  ४ सय जना कोरोना सङ्क्रमण मुक्त भई घर फर्किएका छन् । जिल्लामा हाल २९१ सक्रिय सङ्क्रमित रहेका छन् भने ५ जनाको मृत्यु भएको छ ।..Nawalpur FM

You might also like