कोरोना संक्रमितको पहिचान गर्न देवदह नगरद्धारा ट्रेसिङ टिम गठन

0

रुपन्देही २१ जेठ – देवदह नगरपालिकाले कारोना संक्रमण भएकाहरुका लागि पहिचान गरी ट्रेसिङ गर्न २ वटा छुट्टाछुट्टै टिम गठन गरेको छ । नगरले युवराज दिसाको नेतृत्व र मेगराज न्यौपाने नेतृत्वमा छुट्टाछुट्टै टिम गठन गरेको नगर प्रमुख हिराबहादुर केसीले बताउनुभयो । दिसा संयोजकत्वको टिममा गिरी तरामु र सुमित्रा गैरे सदस्य रहनुभएको छ । त्यस्तै न्यौपाने संयोजक रहनुभएको टिममा अरबिन्दचन्द्र आचार्य र सम्झना गौडेल सदस्य रहनुभएको छ । कोरोना संक्रमितहरुलाई पहिचान गर्न उक्त ‘केस इन्भिेष्टिेसन एण्ड कन्ट्रोल ट्रेसिङ टिम ‘बनाइएको हो ।

You might also like