अध्यक्ष चाैधरीद्धारा खडाैना मधवलिया सहित डुबान क्षेत्रको स्थलगत अवलोकन

0

उमेश बि.क / नवलपरासी ,११ असोज/

सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले लगातार परेको वर्षाका कारण भएको डुबान क्षेत्रको स्थलगत अवलोकन गरी वस्तुस्थिति जानकारी लिनुभएको छ । उहाँले शनिबार गाउँपालिकाको सबैभन्दा बढी डुबानमा परेको वडा नं. ६ को खडाैना ,मधवलिया, नाैडिहवा , भुजहवा ,गडाैरी कुर्थावल र पुसाैलि लगाएतको क्षेत्र अवलोकन गर्नुभएको हो ।

अविरल वर्षापछि झरही र धनेवा खोलाको बाढी पस्दा वडा नं. ५,६ र ७ का गाउँहरु ढुबान भएको हाे । बाढि डुबान क्षेत्रकाे टाेलटाेलमा पुगि अाम जनताहरुकाे गुनासाे र पिडा सुन्दै बाढि नियन्त्रणका लागि अाफुले बिभिन्न निकाय संग पहल गर्ने समेत बताउनु भयाे । साथै बाढिपिडितहरुकाे डाटा संकलन भएको अाधारमा राहत उपलब्ध हुुुुने बताउदै किसानहरुकाे क्षति धानबालिकाे सट्टामा हिउदेे बालिहरुकाे बिउ विशेष अनुदानमा गाउँपालिकाले उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।

You might also like