पन्ध्र घण्टा पछि मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालन

0

बागलुङ, असोज ६ गते ।

विगत पन्ध्र घण्टादेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड एकतर्फी रुपमा सुचारु भएको छ ।

ल्लेरिबाट झरेको पहिरोले सोमबार साँझदेखि मध्यपहाडी पुष्पालाल लोकमार्ग अवरुद्ध थियो ।

पहिरोले मध्यपहाडी लोकमार्गको छेउमै रहेका दुर्गा अर्याल, जितबहादुर विक धनबहादुर घर्ति र धनबहादुर थापाको घर क्षति भएका छन । घर क्षति भएसँगै ४ परिवार नै विस्थापित भएको वडाध्यष ढालप्रसाद सेरचनले जानकारी दिनुभयो ।

पहिरोले पोल सहित तार पनि बगाएकोले स्थानिय लघुजल विद्युत अवरुद्ध रहेको छ भने ४५ घर परिवारले उपयोग गर्ने राक्से खानेपानी योजनाको ट्यांकि बगाउँदा खानेपानी पूर्णरुपमा अवरुद्ध भएको छ ।

सडक खुले पछि बडिगार्ड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकादेखि देशका विभिन्न भागमा छुट्ने लामो तथा छोटो दुरीका सवारी चल्न थालेका छन ।

१ हजार ७ सय ७६ किलो मिटर लामो पुष्पलाल मध्ये पहाडी लोकमार्गको सबै भन्दा बढीं १ सय ३७ किलो मिटर सडक खण्ड बागलुङमा पर्छ । बाटो अवरुद्ध भए पछि ढोरपाटन, तमान, निसी र बडिगार्डबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी रोकिएका छन ।….Gorkha patra

You might also like