नेपाली आकाशमा भारतीय गस्ती,कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतले सुरक्षा तैनाथी बढायो

0

भाद्र २१, दार्चुला,
चीनसँग लद्दाख सीमा क्षेत्रमा तनाव बढेपछि भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा केही दिनयता सुरक्षा फौजको तैनाथी बढाएको छ । त्रिदेशीय सीमानजिकको यो नेपाली भूमिमा उसले वर्षौंदेखि सुरक्षा फौज तैनाथ गरेको छ । चीनसँग उसको पछिल्लो तनावपछि सुरक्षा फौजको संख्यामा उल्लेख्य वृद्धि गरेको हो ।
लद्दाखमा तनाव बढेसँगै भारतले ३÷४ दिनयता कालापानी र लिपुलेक क्षेत्रमा अद्र्धसैनिक बल एसएसबी, भारत–तिब्बत बोर्डर पुलिससँगै सेनासमेत परिचालन गरेको हो । उत्तराखण्ड राज्यको पिथौरागढ–धार्चुला हुँदै सुरक्षा फौजका गाडीहरू ‘अग्रिम मोर्चा’ तर्फ गइरहेका छन । यसका साथै भारतीय वायु सेनाका हेलिकप्टर र विमानले हवाई गस्ती तीव्र बनाएको स्थानीय बताउँछन ।


केही दिनयता नियमित रूपमा दार्चुलाको व्यास क्षेत्रमा भारतीय वायु सेनाको जेट लडाकु विमानले दैनिक चाररपाँच पटक उडान भर्ने गरेका छन । ‘करिब एक साता हुँदै छ, भारतीय जेट फाइटर र ठूला हेलिकप्टर देखिँदै छन,’ व्यासका एक स्थानीयले भने, ‘चीनले सीमानजिक सैनिक गतिविधि बढाउन थालेको भन्दै भारतले यो क्षेत्रमा हवाई गस्ती बढाएको बुझिएको छ ।’ बस्तीमाथिको नेपाली आकाशमा पनि कहिलेकाहीं जेट विमान देखिन थालेका छन । माथिल्लो कौवा क्षेत्रको आकाशमा सधैंजसो उडान भइरहेको उनले बताए ।
बिहीबार भने दार्चुला सदरमुकाम खलंगा आसपासबाटै भारतीय विमानले गस्ती गरेको थियो । प्रत्यक्षदर्र्शीका अनुसार धूवाँको मुस्लो बनाएर दुई जेट विमान ‘माथिल्लो क्षेत्रतिर’ गएका थिए । ‘एउटा विमान दार्चुला सदरमुकामनजिक छापरीको डाँडामाथि भएर उडेको थियो,’ छापरीका स्थानीय हरकसिंह कार्र्कीले भने, ‘अर्र्काे भने छापरीपारि (भारत) को धार्चुलाकोटको डाँडा भएर उत्तरी सीमातिर उडेको थियो ।’
सीमामा तैनाथ नेपाली सुरक्षा निकायले पनि लद्दाखमा तनाव बढेपछि भारतले दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा सैनिक गतिविधि बढाएको बुझिएको जनाएको छ । सशस्त्र प्रहरीका एसपी नरेन्द्र बमका अनुसार एक सातादेखि भारतले आफ्नो क्षेत्रमा सुरक्षाकर्र्मीको परिचालन बढाएको छ ।

के कति संख्यामा भन्ने नदेखिए पनि सुरक्षा तैनाथी बढाएको सुन्नमा आएको उनको भनाई छ । दार्चुला सदरमुकाम पारि धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा भारतीय अद्र्धसैनिक बल एसएसबीले कडा निगरानी गरिरहेको छ । एसएसबीले सीमा क्षेत्रको गस्तीसमेत बढाएको छ । भारतले लिपुलेकसम्मको सडक सञ्चालनमा ल्याएदेखि सेनाको हवाई उडान घटाए पनि स्थलमार्गबाट धेरै गाडी दिनहुँ कालापानी क्षेत्रमा जाने गरेका छन ।
पछिल्लो समय सशस्त्र प्रहरीको छाङरु पोस्टका सुरक्षाकर्र्मीले भदौ ८ देखि ११ सम्म टिंकर क्षेत्र र शनिबार कौवा क्षेत्रमा गस्ती गरेको थियो । सीमा क्षेत्रको अवस्था बुझ्न गस्ती र निगरानी बढाएको एसपी बमले बताए । ‘गस्ती पुगेको ठाउँसम्म विदेशीको अस्वाभाविक गतिविधि भेटिएन,’ उनले भने, ‘सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्र्मीसित समन्वय गरेर गतिविधि बढाइएको छ ।’
धूवाँको मुस्लो छाड्दै आफ्नो क्षेत्रमा लडाकु विमान तारन्तार उड्न थालेपछि स्थानीय ‘कतै भारत र चीनबीच युद्ध हुन लागेको त होइन’ भन्ने आशंकाले त्रसित छन । युद्ध भइहाले त्यसको प्रत्यक्ष प्रभाव आफूहरूमा पर्ने भएकाले पनि भारतीय सैनिक गतिविधिका कारण उनीहरूमा चिन्ता बढेको छ ।
यसैबीच प्राप्त समाचारअनुसार प्रमाण संकलन समूहले लिम्पियाधुराको स्थलगत अवलोकन नगर्ने भएकोछ । लिम्पियाधुरा, कालापानी र लिपुलेकसम्बन्धी प्रमाण संकलन गर्न गठित विज्ञ समूहले अतिक्रमित क्षेत्रको स्थलगत अवलोकन नगर्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थलगत अवलोकन गर्न नसकिएको समूहका एक सदस्यले बताए । प्रतिवेदनमा स्थलगत अवलोकन खण्डमा ‘थाँती’ भनेर लेख्ने निर्णय भएको ती सदस्यले जानकारी दिए । गत जेठ २२ गते नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेतीको नेतृत्वमा गठित समूहको प्रारम्भिक प्रतिवेदन भने अन्तिम चरणमा पुगेको छ । प्रतिवेदनबारे अन्तर्राष्ट्रिय कानुनविद् डा. सूर्यप्रसाद सुवेदीको मात्रै प्रस्तुति बाँकी छ । अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधी गरेका सुवेदीले लिखित प्रतिवेदन भने समूहमा बुझाइसकेका छन । ‘सम्भवत डा. सुवेदीले आगामी शुक्रबार प्रस्तुति दिनुहुनेछ, त्यसपछि प्रारम्भिक प्रतिवेदनमाथिको छलफल सकिन्छ,’ समूहका एक सदस्यले भने ।
सरकारले उप्रेतीको नेतृत्वमा, सुवेदी, इतिहासविद् डा. रमेश ढुंगेल, संविधानविद् डा. विपिन अधिकारी, जलस्रोतविद् जगतकुमार भुसाल, नापी विभागका पूर्वमहानिर्देशक तोयानाथ बराल, नेपाल आर्र्मीका पूर्वमेजर जनरल हिमालय थापा, सामुदायिक वन उपभोक्ता महासंघकी पूर्वअध्यक्ष अप्सरा चापागाईँ र परराष्ट्र मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदी सदस्य रहेको ‘विज्ञ समूह’ गठन गरेको थियो ।
मन्त्रिपरिषदको ५ जेठको निर्णय अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ७ जेठमा लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको तीन हप्तापछि बल्ल सरकारले प्रमाण संकलन समूह बनाएपछि आलोचना भएको थियो ।
प्रमाण संकलन गर्न बनेको विज्ञ समूहवारे आलोचना गर्दै भन्ने गरिएकोछ– लुगा सिलाएपछि कपडाको नाप ।
समूहका सदस्यहरू भने यो प्रमाण संकलन समूह नभई भारतले अतिक्रमण गरेको भूमि कसरी फिर्ता ल्याउने भनेर रणनीति बनाउने समूह भएको बताउँछन । दोस्रो बैठकमा समूहको नामै फेर्नुपर्ने विषयमा समेत छलफल भएको थियो ।
सरकारले यो समूहलाई सार्वजनिक निकायलगायत विभिन्न संघरसंस्था, व्यक्ति र स्वदेशी तथा विदेशी पुस्तकालय, अभिलेखालय, एवं संग्रहालयबाट नेपाल–भारत सीमा सम्बन्धमा सुस्ता क्षेत्र र उत्तर पश्चिम क्षेत्र लिम्पियाधुरा, कुटी, नाबी, गुञ्जी, कालापानी र लिपुलेक क्षेत्रमा नेपालको स्वामित्व स्थापित हुने गरी कागजपत्रको सक्कल र प्रमाणित प्रतिलिपि र सो नपाएमा प्रमाणित प्रतिलिपि प्राप्त गर्ने कार्यादेश दिएको छ ।
भारतले गत नोभेम्बरमा लिम्पियाधुरा, कालापानीलगायतका साढे ३९ हजार हेक्टर नेपाली भूभाग आफ्नोतिर पारेर नक्सा सार्वजनिक गरेपछि नेपालले त्यसको चर्र्काे विरोध भयो । त्यसपछि भारतले नेपाली भूभाग अतिक्रमण गरेर कैलाश मानसरोबर जाने बाटो उदघाटन गर्यो ।
नेपालले कूटनीतिक वार्ताको माध्यमबाट सीमा विवाद समाधान गर्न चाहे पनि भारतले बेवास्ता गरेपछि सरकारले विज्ञ समूह गठन गरेको हो ।
सन् १८१६ को सुगौली सन्धि लगायतका ऐतिहासिक प्रमाण तथा तथ्य अनुसार लिम्पियाधुरा मुहान भएको महाकाली पूर्वका भूभाग नेपाल हो । तर भारतले भने महाकालीभन्दा कोशौं पूर्वमा रहेको नेपाली भूमि कालापानीमा समेत आफ्नो सुरक्षाकर्र्मी तैनाथ गरेको छ ।..Moolbato

You might also like