कृषिलाई आयआर्जन र रोजगारी संग जोड्नुपर्छ : नगर प्रमुख खत्री

0

देवदह- देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले उत्पादन बृद्धि गर्नको लागि सिचाई पहिलो आवश्यकता रहेको औल्याउनुभएको छ । उहाँले कृषिलाई आयआर्जन र रोजगारी संग जोड्ने सके आत्मनिर्भर हुनेमा जोड दिनुभयो । देवदह नगरपालिकाद्धारा शुक्रवार आयोजित कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण कार्यक्रममा खत्रीले उत्पादन बृद्धि गर्न योजना आवश्यक रहेको औल्याउदै प्रागारिक मल प्रयोग गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै नगरपालिकाले साढे ४ लाख बरावरको साना सिंचाई तथा आधुनिक उपकरण कृषकहरुलाई एक कार्यक्रमका वीच हस्तान्तरण गरेको छ । नगरपालिकाले कृषकहरुलाई पानी तान्ने पम्प, मकै छोडाउने मेसिन, हेन्डपाईप, पाईप लगायतका उपकरणहरु प्रदान गरेको हो ।
कोलुवा मकै पकेट क्षेत्र व्यवस्थापन समितिका संयोजक चक्रपानी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेल, नगर प्रवक्ता झिल्लुप्रसाद न्यौपाने, कार्यपालिका सदस्य विष्णु पाण्डे, कृषि प्राविधिक राजेन्द्रप्रसाद चौधरी, सल्लाहकार दुर्गाप्रसाद वस्याल लगायतले आ–आफना भनाई राख्नुभएको थियो । कार्यक्रम लालबहादुर दर्लामीको स्वागत र प्रमिला सेढाईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

You might also like