विपन्नका लागि धारा जडानको सिफारिस गर्न बर्दघाट खानेपानीमा उपसमिति गठन

0

नवलपरासी १ असोज : पश्चिम नवलपरासीको बर्दघाटस्थित बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बैठक बुधवार भएको छ । बैठकले संस्थाका सचिव धनबहादुर गुरुंगको संयोजकत्वमा विपन्न पहिचान गरी निशुल्क धारा जडानको सिफारिस गर्न उप समिति गठन गरेको छ । उप समितिमा कार्यसमिति सदस्य गणेश बहादुर क्षेत्री र मंगले सार्की सदस्य रहनुभएको छ । उप समितिलाई विपन्न परिवार पहिचान गरी निशुल्क धारा जडानको लागि सिफारिस गर्ने अधिकार दिइएको हो ।

यस अघि टोल विकास संस्थाहरुबाट सिफारिस गर्ने प्राबधान रही आएको थियो । बैठकले विपन्नका लागि धारा जडान थप ब्यवस्थित गर्न समिति बनाएको संस्थाका अध्यक्ष धातानन्द बस्यालले बताउनुभयो । यस अघि प्रति बर्ष ३ घर विपन्न परिवारलाई निशुल्क धारा जडानको बयवस्था हुदैं आएकोमा यस बर्षदेखि ५ घर परिवार विपन्नलाई निशुल्क धारा जडान गर्ने गरी योजना बनाइएको उहाँले जानकारी दिनुभयो । त्यस्तै बैठकले नयाँ आयोजनाका लागि सम्झौता गर्ने सम्बन्धमा समेत निर्णय गरेको ब्यवस्थापक बिष्णुकुमार भुसालले बताउनुभयो । बैठक संस्थाका अध्यक्ष धातानन्द बस्यालको अध्यक्षतामा भएको थियो ।

You might also like